Genesis 43 - KJV (Nepali)
1 And the famine was sore in the land.त्यस देशमा अनिकालको प्रकोप साह्रै थियो।
2 And it came to pass, when they had eaten up the corn which they had brought out of Egypt, their father said unto them, Go again, buy us a little food.मानिसहरूले मिश्र देशबाट ल्याएको सबै अन्न खाइसके। जब अन्न सकियो, याकूबले आफ्ना छोराहरूलाई भने, “हामीले खानुको निम्ति अझ केही अन्न किन्न मिश्र देश जानु पर्छ।”
3 And Judah spake unto him, saying, The man did solemnly protest unto us, saying, Ye shall not see my face, except your brother be with you.तर यहूदाले याकूबलाई भने, “तर त्यस देशको शासकले हामीलाई चेताउनी दिएकाछन्। उनले भने, ‘यदि तिमीहरूले आफ्नो भाइ मकहाँ लिएर आएनौ भने म तिमीहरूसित कुरा गर्ने छैन।’
4 If thou wilt send our brother with us, we will go down and buy thee food:यदि तपाईं बिन्यामीनलाई हामीसित पठउनु हुन्छ भने, मात्र हामीहरू अन्न किन्नु जान सक्छौ।
5 But if thou wilt not send him, we will not go down: for the man said unto us, Ye shall not see my face, except your brother be with you.तर यदि तपाईं उसलाई पठाउन अस्वीकार गर्नु भयो भने तब हामी जानेछैनौ। त्यस मानिसले बिना बिन्यामीन हामीलाई त्यहाँ जानु होशियारी गराएकाछन्।”
6 And Israel said, Wherefore dealt ye so ill with me, as to tell the man whether ye had yet a brother?इस्राएलले भने, “उसलाई तिमीहरूले अर्को पनि भाइ छ भनी किन भन्यौ? तिमीहरूले मेरो निम्ति यस्तो नराम्रो काम किन गर्यौ?”
7 And they said, The man asked us straitly of our state, and of our kindred, saying, Is your father yet alive? have ye another brother? and we told him according to the tenor of these words: could we certainly know that he would say, Bring your brother down?ती दाज्यू-भाइहरूले जवाफ दिए, “उनले हामी र हाम्रा कुटुम्बका विषय धेरै जान्न खोज्थ्यो र उनले हामीलाई थुप्रै प्रश्नहरू गर्यो। उनले हामीलाई सोध्यो, ‘के तिम्रा दाज्यू-भाइहरू अझ बाँचेका छन्? घरमा अझ कोही भाइहरू छन् छैनन्?’ हामीले खाली उसको प्रश्नहरूको उत्तर मात्र दियौं। हामीले जानेका थिएनौ उनले भाइ लिएर मात्र आइज भन्छ।”
8 And Judah said unto Israel his father, Send the lad with me, and we will arise and go; that we may live, and not die, both we, and thou, and also our little ones.त्यसपछि यूहदाले आफ्नो बाबु इस्राएललाई भने, “बिन्यामीन मसित जाओस्। म उसको हेरचाह गर्नेछु। हाम्रो निम्ति अन्न लिनु हामी मिश्र देश जानै पर्छ। यदि हामी गएनौं भनें हाम्रा नानीहरू हामीहरूसंगै मर्नेछन्।
9 I will be surety for him; of my hand shalt thou require him: if I bring him not unto thee, and set him before thee, then let me bear the blame for ever:म तिमीलाई विश्वास दिलाउँछु हाम्रो भाइ सुरक्षित रहनेछ। यसको लागि म सम्पूर्ण दायित्व लिने छु। यदि मैले उसलाई फर्काउन सकिन भने तिमीले मलाई सँधैं दोष दिन सक्छौ।
10 For except we had lingered, surely now we had returned this second time.यदि तपाईं हामीलाई अघाडी नै जान दिएको भए, अहिलेसम्म दुइ चोटी अन्न लिएर आई सक्ने थियौं।”
11 And their father Israel said unto them, If it must be so now, do this; take of the best fruits in the land in your vessels, and carry down the man a present, a little balm, and a little honey, spices, and myrrh, nuts, and almonds:त्यसपछि तिनीहरूका बाबु इस्राएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्र, पेक्ता, र हाडे-बदाम लिएर जाऊ।
12 And take double money in your hand; and the money that was brought again in the mouth of your sacks, carry it again in your hand; peradventure it was an oversight:यसपाली तिमीहरूसँग भएको पैसा भन्दा पनि दुइ गुणा वेशी लिएर जाऊ। हुन सक्छ शासकले भूल गरे होलान, यसर्थ तिमीहरूलाई फर्काई दिएको पैसा पनि लिएर जाऊ।
13 Take also your brother, and arise, go again unto the man:बिन्यामीनलाई त्यस मानिसकहाँ लिएर जाऊ।
14 And God Almighty give you mercy before the man, that he may send away your other brother, and Benjamin. If I be bereaved of my children, I am bereaved.म प्रार्थना गर्छु जब तिमी त्यो प्रशासकअघि उभिन्छौ सर्वशक्तिमान परमेश्वरले सहायता गर्नु हुनेछ। म प्रार्थना गर्छु उनले बिन्यामीन र शिमोनलाई सुरक्षित फर्कन दिनेछन। यदि यस्तो भएन भने, म फेरि पुत्र शोकले व्याकुल हुनेछु।”
15 And the men took that present, and they took double money in their hand and Benjamin; and rose up, and went down to Egypt, and stood before Joseph.यसर्थ ती दाज्यू-भाइहरूले शासकलाई दिनको निम्ति उपहार लगे। तिनीहरूले पहिलो पाली लगेको भन्दा दोबर रकम पनि लिएर गए। यस पल्ट बिन्यामीन आफ्नो दाज्यूहरूसँग मिश्र देश गए।दाज्यू-भाइहरूलाई यूसुफको घरमा निम्त्याइयो
16 And when Joseph saw Benjamin with them, he said to the ruler of his house, Bring these men home, and slay, and make ready; for these men shall dine with me at noon.मिश्र देशमा यूसुफले तिनीहरूसँग बिन्यामीनलाई देखे। यूसुफले आफ्ना नोकरलाई भने, “ती मानिसहरूलाई मेरो घरमा लिएर जाऊ। एउटा पशु मार अनि पकाऊ, यिनीहरू आज दिउँसो मसित भोजन खानेछन्।”
17 And the man did as Joseph bade; and the man brought the men into Joseph's house.उसलाई जे भनिएको थियो नोकरले त्यही गर्यो। उनले ती मानिसहरूलाई यूसुफको घरमा ल्यायो।
18 And the men were afraid, because they were brought into Joseph's house; and they said, Because of the money that was returned in our sacks at the first time are we brought in; that he may seek occasion against us, and fall upon us, and take us for bondmen, and our asses.जब ती दाज्यू-भाइहरूलाई यूसुफको घरमा लगियो तिनीहरू डराए। तिनीहरूले भने, “अस्तिको पाली हाम्रो बोराहरूमा पैसा हालेर फर्काइएको थियो त्यसैकारण हामीलाई यहाँ ल्याइयो। त्यो तिनीहरूले हाम्रो विरू द्वमा अस्त्र बनाउने छन्। अनि तिनीहरू हाम्रो गधाहरू चोरेर लगी हामीलाई कमारा बनाउनेछन्।”
19 And they came near to the steward of Joseph's house, and they communed with him at the door of the house,यसर्थ ती दाज्यू-भाइहरू यूसुफको घरको नोकरहरूको मुखियाकहाँ गए।
20 And said, O sir, we came indeed down at the first time to buy food:तिनीहरूले भने, “महाशय, म प्रतिज्ञा गर्छु यो सत्य हो, अस्तिको पाली हामी अन्न किन्न आयौं।
21 And it came to pass, when we came to the inn, that we opened our sacks, and, behold, every man's money was in the mouth of his sack, our money in full weight: and we have brought it again in our hand.तर जब हामीहरूले रात बिताउनु पर्ने ठाउँमा आई पुग्यौं, हामीले आफ्नो बोरा खोल्यौं तब बोराको मुखमा नै हामीहरूले तिरेको पुरै रकम पायौं। अहिले हामीले यहाँ ल्याएका छौं।
22 And other money have we brought down in our hands to buy food: we cannot tell who put our money in our sacks.अनि अहिले फेरि पनि अन्न किन्नको निम्ति अरू रकम ल्याएका छौं। हामी जान्दैनौ कसले त्यो रकम हाम्रो बोरामा राख्यो।”
23 And he said, Peace be to you, fear not: your God, and the God of your father, hath given you treasure in your sacks: I had your money. And he brought Simeon out unto them.तब नोकरले उत्तर दियो, “तिमीहरू शान्तिसित बस। नडराऊ। तिमीहरूका परमेश्वर, तिमीहरूको बाबुका परमेश्वरले नै तिमीहरूको निम्ति बोरामा धन राखिदिएको हुनसक्छ। तिमीहरूले तिरेको रकम मैले पाएकै हुँ।”त्यसपछि त्यस नोकरले तिनीहरू भएको ठाउँमा शिमोनलाई ल्यायो।
24 And the man brought the men into Joseph's house, and gave them water, and they washed their feet; and he gave their asses provender.तब उनले तिनीहरूलाई यूसुफको घरमा ल्याए अनि पानी दिए। तिनीहरूले तिनको खुट्टा धोए। उसले तिनीहरूको गधाहरूलाई पनी खुवायो।
25 And they made ready the present against Joseph came at noon: for they heard that they should eat bread there.यूसुफले पनि मध्य दिनको भोजन तिनीहरूसित खानेछन् भनी सुनेकोले त्यसपछि तिनीहरूले यूसुफलाई दिइने उपहार तयार राखे।
26 And when Joseph came home, they brought him the present which was in their hand into the house, and bowed themselves to him to the earth.यूसुफ घरमा आए अनि दाज्यू-भाइहरूले तिनीहरूसित ल्याएको उपहारहरू तिनलाई दिए। त्यसपछि तिनीहरू तिनको अगाडी भूइँमा निहुरिए।
27 And he asked them of their welfare, and said, Is your father well, the old man of whom ye spake? Is he yet alive?यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?”
28 And they answered, Thy servant our father is in good health, he is yet alive. And they bowed down their heads, and made obeisance.ती दाज्यू-भाइहरूले जवाफ दिए, “ज्यु हजुर, उहाँ जीवित हुनु हुन्छ।” अनि तिनीहरू फेरि यूसुफअघि निहुरिए।
29 And he lifted up his eyes, and saw his brother Benjamin, his mother's son, and said, Is this your younger brother, of whom ye spake unto me? And he said, God be gracious unto thee, my son.त्यसपछि यूसुफले आफ्नो भाइ बिन्यामीनलाई देखे। (बिन्यामीन र यूसुफकी एउटै आमा हुन्) यूसुफले भने, तिमीहरूले मलाई बताएको कान्छो भाइ यही हो?” त्यसपछि यूसुफले बिन्यामीनलाई भने, “हे बाबू, परमेश्वरले तिमीलाई आशीर्वाद दिनु हुनेछ।”
30 And Joseph made haste; for his bowels did yearn upon his brother: and he sought where to weep; and he entered into his chamber, and wept there.तब यूसुफ हतारिएर कोठा छोडे किनभने तिनी आफ्ना दाज्यू-भाइहरूको मनोभावले व्याकुल भएका थिए अनि रून चाहन्थे। तिनी आफ्नो कोठाभित्र पसे अनि रोए।
31 And he washed his face, and went out, and refrained himself, and said, Set on bread.त्यसपछि यूसुफ मुख धोएर बाहिर आए। तिनले आफौंलाई वशमा राखेर भने, “अहिले भोजन गर्ने समय हो।”
32 And they set on for him by himself, and for them by themselves, and for the Egyptians, which did eat with him, by themselves: because the Egyptians might not eat bread with the Hebrews; for that is an abomination unto the Egyptians.यूसुफले एक्लै एउटा टेबलमासँगै भोजन खाए। उनका भाइहरूले अर्को एउटा टेबलमा भोजन खाए। मिश्र देशबासीहरूले अर्को टेबलमा सँगै भोजन खाए। तिनीहरूको विश्वास थियो हिब्रू मानिसहरूसँगै बसेर खानु राम्रो होइन।
33 And they sat before him, the firstborn according to his birthright, and the youngest according to his youth: and the men marveled one at another.यूसुफका दाज्यूभाइहरू तिनकै टेबल अघि बसेका थिए। तिनीहरू जेठादेखि कान्छासम्म उमेर अनुसार लहरै बसेका थिए। के भइरहेको छ सबै दाज्यूभाइहरूले एका-अर्कामा आश्चर्यमानी हेरिरहेका थिए।
34 And he took and sent messes unto them from before him: but Benjamin's mess was five times so much as any of theirs. And they drank, and were merry with him.नोकरहरूले यूसुफको टेबलबाट भोजन ल्याएर तिनीहरूलाई दिन्थे। तर ती नोकरहरूले बिन्यामीनलाई अरू दाज्यूभाइहरूलाई भन्दा पाँच गुणा वेशी दिन्थे। ती दाज्यूभाइहरू नअघाउञ्जेलसम्म यूसुफसँगै खाए।
Nepali Bible