Proverbs 10

1 एकजना बुद्धिमानी छोरोले आफ्नो बाबुलाई आनन्द दिन्छ भने, एक मूर्ख छोरोले आफ्नी आमालाई कष्ट दिएको हुन्छ।

2 खराब काम गरी कमाएको धन सदाको लागि व्यर्थ हुन्छ इमान्दारीताले मानिसहरूलाई मृत्युबाट बचाउँछ।

3 परमप्रभुले धर्मीहरूलाई भोकै राख्नु हुन्न तर उहाँले दुष्ट मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ।

4 अल्छी मानिसले दरिद्रता निम्तयाँउछ भने, एक मेहनती मानिस धनी हुन्छ।

5 ग्रीष्म ऋतुमा जसले अन्न जम्मा गरेर राख्छ त्यो ज्ञानी मानिस हो तर जुन मानिस कटनीको समयमा सुत्छ त्यसले शरम ल्याउँछ।

6 इमानदार मानिसको शिरमाथि आशीषहरू वर्षन्छन्, तर दुष्ट मानिसको मुखबाट घृणित कुराहरू मात्र निस्कन्छन्।

7 एकजना इमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुष्ट मानिसको नामबाट दुर्गन्ध आँउछ।

8 एकजना ज्ञानी मानिसले आज्ञाहरू पालन गर्छ। तर तर्क गर्ने मूर्खले आफैंलाई नासमा पुर्याउँछ।

9 ईमानदार मानिस सदा सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ।

10 सच्चाई लुकाउने मानिसले दुःख ल्याउँछ। खुलासँग बोल्ने मानिसले शान्ति ल्याउँछ।

11 इमान्दार मानिसको मुख जीवनको स्रोत हो, तर मूर्ख मानिसको मुखबाट घृणीत कुराहरू मात्र निस्कन्छन्।

12 घृणाले झगडा उत्पन्न गराउँछ, तर प्रेमले सबै अपराधहरूलाई क्षमा गर्छ।

13 बुद्धि, ज्ञानी मानिसहरूको मुखमा पाइन्छ, तर मूर्खलाई उसको पीठ्‌यूँमा लट्ठीले हिर्काइन्छ।

14 बुद्धिमानी मानिसहरूले ज्ञानलाई संचय गर्छन्, तर मूर्खको बोलीलो आपद-विपदहरू मात्र बोलाउँछ।

15 धनी मानिसलाई धनले रक्षा गर्छ तर दरिद्रताले गरीब मानिसहरूलाई नष्ट पार्छ।

16 एकजना इमान्दार मानिसले जे कमाउँछ, त्यसले जीवन प्रदान गर्छ, तर दुष्ट मानिसको कमाईहरू पापको निम्ति प्रयोग हुन्छ।

17 आफूले भोगेको सजायबाट जुन मानिसले शिक्षा लिन्छ उसले अन्य मानिसहरूलाई पनि बाँच्न सिकाउँछ। तर जुन मानिसले सजायबाट शिक्षा लिनु अस्वीकार गर्छ त्यसले अरूलाई पथभ्रष्ट बनाई दिन्छ।

18 जसले आफ्नो घृणा लुकाएर राख्छ, त्यो कपटी हो र जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो।

19 धेरै बोल्ने मानिसले प्रायः समस्या उबजाउँछ, तर चुपचाप रहने मानिस विवेकी हुन्छ।

20 इमान्दार मानिसको मुखबाट निस्केका शब्दहरू निखुर चाँदी झैं बहूमूल्य हुन् तर नराम्रो मानिसका विचारहरूको मूल्य हुँदैन।

21 इमान्दार मानिसका वचनहरूले धेरै मानिसहरूलाई सहायता गर्छ, तर एउटा मूर्खको मूर्खयाँईंले उसलाई मार्छ।

22 परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।

23 एउटा मूर्ख मानिस दुष्कर्ममा रमाउँछ, तर समझदार मानिस ज्ञानमा खुशी हुन्छ।

24 दुष्ट मानिसहरू जे कुरामा डराउनछन् तिनीहरूलाई त्यहि हुन्छ तर एउटा धर्मी मानिसले जे चिताँउछ त्यहि प्राप्त गर्छ।

25 आँधी-बेहरीले उडाएर लगे झैं दुष्ट मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्मै दृढ रहिरहन्छ।

26 जसले अल्छी मानिसलाई काम अह्राएर पठाउँछ उसलाई दाँतमा अमिलो सिरका परे झैं र आखाँमा धूवाँ लागे झैं हुन्छ।

27 परमप्रभुको भयले मानिसको आयु बढाइ दिन्छ, तर दुष्ट मानिसको आयु घटूनेछ।

28 धर्मी मानिसका आशाहरू खुशीमा अन्त हुन्छन, तर दुष्ट मानिसहरूकाा आशाहरू शुन्यमा अन्त हुन्छ।

29 परमप्रभुको मार्ग धर्मी मानिसहरूको लागि शरणस्थान हो, तर दुष्ट मानिसहरूको लागि विध्वंस हो।

30 धर्मी व्याक्ति कहिले डग्मगाउदैन तर दुष्ट मानिसहरू पृथ्वीमा टिक्ने छैनन्।

31 धर्मी मानिसले ज्ञानको उच्चारण गर्छ, तर एउटा कुटिल जिब्रो काटिनेछ।

32 एकजना धर्मी मानिसले ग्रहणयोग्य कुरा बोल्न जान्दछ तर एकजना दुष्ट मानसिले यस्ता मात्रै शब्द बोल्छ जसले दुःख दिन्छ।

1 The proverbs of Solomon. A wise son maketh a glad father: but a foolish son is the heaviness of his mother.

2 Treasures of wickedness profit nothing: but righteousness delivereth from death.

3 The Lord will not suffer the soul of the righteous to famish: but he casteth away the substance of the wicked.

4 He becometh poor that dealeth with a slack hand: but the hand of the diligent maketh rich.

5 He that gathereth in summer is a wise son: but he that sleepeth in harvest is a son that causeth shame.

6 Blessings are upon the head of the just: but violence covereth the mouth of the wicked.

7 The memory of the just is blessed: but the name of the wicked shall rot.

8 The wise in heart will receive commandments: but a prating fool shall fall.

9 He that walketh uprightly walketh surely: but he that perverteth his ways shall be known.

10 He that winketh with the eye causeth sorrow: but a prating fool shall fall.

11 The mouth of a righteous man is a well of life: but violence covereth the mouth of the wicked.

12 Hatred stirreth up strifes: but love covereth all sins.

13 In the lips of him that hath understanding wisdom is found: but a rod is for the back of him that is void of understanding.

14 Wise men lay up knowledge: but the mouth of the foolish is near destruction.

15 The rich man’s wealth is his strong city: the destruction of the poor is their poverty.

16 The labour of the righteous tendeth to life: the fruit of the wicked to sin.

17 He is in the way of life that keepeth instruction: but he that refuseth reproof erreth.

18 He that hideth hatred with lying lips, and he that uttereth a slander, is a fool.

19 In the multitude of words there wanteth not sin: but he that refraineth his lips is wise.

20 The tongue of the just is as choice silver: the heart of the wicked is little worth.

21 The lips of the righteous feed many: but fools die for want of wisdom.

22 The blessing of the Lord, it maketh rich, and he addeth no sorrow with it.

23 It is as sport to a fool to do mischief: but a man of understanding hath wisdom.

24 The fear of the wicked, it shall come upon him: but the desire of the righteous shall be granted.

25 As the whirlwind passeth, so is the wicked no more: but the righteous is an everlasting foundation.

26 As vinegar to the teeth, and as smoke to the eyes, so is the sluggard to them that send him.

27 The fear of the Lord prolongeth days: but the years of the wicked shall be shortened.

28 The hope of the righteous shall be gladness: but the expectation of the wicked shall perish.

29 The way of the Lord is strength to the upright: but destruction shall be to the workers of iniquity.

30 The righteous shall never be removed: but the wicked shall not inhabit the earth.

31 The mouth of the just bringeth forth wisdom: but the froward tongue shall be cut out.

32 The lips of the righteous know what is acceptable: but the mouth of the wicked speaketh frowardness.

Cross Reference

Psalm 89:4
‘म तेरा सन्‍तानलाई सदाको निम्‍ति स्‍थापना गर्नेछु,र तेरो सिंहासन सारा पुस्‍तासम्‍म स्‍थिर बनाउनेछु’।”

Psalm 89:36
कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।

Deuteronomy 11:21
तब तिमी र तिमीहरूका नानीहरू धर्तीमा लामो अवधि बाच्नेछन् परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई वचन दिनु भएको थियो। तिमीहरू तबसम्म बाँच्ने छौ जबसम्म धर्तीमाथि आकाश छ।

Isaiah 9:7
उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।

Luke 1:32
उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।

Daniel 2:44
“ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।

Ezekiel 37:24
“‘मेरो दास दाऊदले तिनीहरूमाथि राज गर्नेछन तिनीहरू सबै एउटा मात्र गोठाला हुनेछ। उनीहरू मेरो नियमहरूको साहारामा बस्नेछन् अनि मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो काम गर्नेछन् म जे भन्छु त्यहीं गर्नेछन्।

Jeremiah 33:17
परमप्रभु भन्नुहुन्छ, “दाऊदको परिवारबाट एकजना मानिस सधैं सिंहासनमा बस्नेछ र इस्राएलका परिवारमाथि शासन गर्नेछ।

Isaiah 59:21
परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूसँग करार गर्नेछु। म वचन दिँदछु कि मेरो आत्मा र वचनहरू जुन म तिमीहरूको मुखमा राख्नेछु त्यसले तिमीहरूलाई कहिल्यै त्याग्ने छैन। तिनीहरू तिमीहरूका छोरा छोरी र नाती पनाती सम्म रहनेछन्। तिनीहरू अहिले तिमीहरूसँग हुनेछन् र सर्वदा रहनेछन्।”

Psalm 132:11
परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभुले वचन दिनु भएको थियो कि दाऊद कै परिवारबाट राजाहरू आउने छन्।

Psalm 45:6
हे परमेश्वर, तपाईंको सिंहासन सदा-सर्वदाको लागि रहनेछ। धार्मिकता नै तपाईंको शाही राजदण्ड हो।

Psalm 21:4
हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो। तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा सर्वदाको निम्ति जारी रहनेछ।

1 Chronicles 22:10
सुलेमान एउटा हो जसले मेरो निम्ति अवश्यै मन्दिर बनाउनेछ। सुलेमान मेरो छोरा हुनेछ अनि म उसको पिता हुनेछुन्। अनि म उसको राजवंशलाई शक्तिशाली तुल्याउने छु र उसको सन्तानहरूले इस्राएलमा सदासर्वदा शासन गर्ने छ।”‘

1 Chronicles 17:11
जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउनेछ। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु।