भजनसंग्रह 132
1 हे परमप्रभु! सम्झनु होस्, कसरी, दाऊद पीडित भए।
2 दाऊदले परमप्रभुसँग एक प्रतिज्ञा गरेका थिए। दाऊदले याकूबका सर्वशक्तिमान् परमप्रभुसँग शपथ लिएका थिए।
3 दाऊदले भने, “म आफ्नो घरभित्र जाने छैन, म आफ्नो ओछ्यानमा ढल्कने छैन,
4 म सुत्ने छैन म आफ्नो आँखालाई विश्राम दिने छैन,
5 जबसम्म याकूबको सर्वशक्तिमान् परमप्रभुको घर बनाउन जमीन पाउँदिन, म ती कुराहरू गर्ने नै छैन!”
6 एफ्रातामा हामीले त्यसको विषयमा सुनेका थियौं। हामीले किरियथ-योरीम भन्ने ठाउँमा करार पत्रको बाकस पायौ,
7 पवित्र पालतर्फ जाऊ। त्यस टुललाई पूजौं जहाँ परमप्रभुले आराम गर्न आफ्ना खुट्टाहरू राख्नुहुन्छ।
8 परमप्रभु, आफ्नो विश्राम गर्ने ठाउँबाट उठनुहोस्। हे परमप्रभु! तपाईंको शक्तिशाली सन्दूकसित उठनु होस्।
9 हे परमप्रभु, तपाईंका पूजाहारीहरू धार्मिकताको पोशाकमा छन्, तपाईंका भक्तजनहरू आनन्दित छन्।
10 तपाईंको आफ्ना असल दास दाऊदको निम्ति, आफूले रोजेका राजालाई रद्ध नगर्नुहोस्।
11 परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभुले वचन दिनु भएको थियो कि दाऊद कै परिवारबाट राजाहरू आउने छन्।
12 परमप्रभुले भन्नुभयो, “दाऊद, यदि तिम्रा नानीहरूले मेरो करार र मैले सिकाएको नियमहरू पालन गरे भने, तिम्रो परिवारबाट कोही एकजना सँधै राजा हुनेछ।”
13 परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।
14 परमप्रभुले भन्नुभयो, “यो सदा सर्वदाको लागि मेरो ठाउँ हुनेछ। यो ठाउँ मैले रोजें जहाँ म हुने छु।
15 म यस शहरलाई प्रशस्त खाद्य-प्रदार्थले पूर्ण रहोस् भनेर आशिष दिनेछु। गरीब भन्दा गरीब मानिसले पनि खानलाई प्रशस्त पाउने छ।
16 म उनको पूजाहारीहरूलाई पनि उद्धारको वस्त्र पहिर्याउनेछु। अनि मेरा भक्तजनहरू यहाँ अत्यन्त खुशी हुनेछन्।
17 म दाऊदलाई बलियो पार्नेछु यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक बत्तीको नियुक्त गरेको छु।
18 म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु तर दाऊदको राज्यलाई उत्तरोत्तर बढाई दिनेछु।”
1 A Song of degrees.
2 Lord, remember David, and all his afflictions:
3 How he sware unto the Lord, and vowed unto the mighty God of Jacob;
4 Surely I will not come into the tabernacle of my house, nor go up into my bed;
5 I will not give sleep to mine eyes, or slumber to mine eyelids,
6 Until I find out a place for the Lord, an habitation for the mighty God of Jacob.
7 Lo, we heard of it at Ephratah: we found it in the fields of the wood.
8 We will go into his tabernacles: we will worship at his footstool.
9 Arise, O Lord, into thy rest; thou, and the ark of thy strength.
10 Let thy priests be clothed with righteousness; and let thy saints shout for joy.
11 For thy servant David’s sake turn not away the face of thine anointed.
12 The Lord hath sworn in truth unto David; he will not turn from it; Of the fruit of thy body will I set upon thy throne.
13 If thy children will keep my covenant and my testimony that I shall teach them, their children shall also sit upon thy throne for evermore.
14 For the Lord hath chosen Zion; he hath desired it for his habitation.
15 This is my rest for ever: here will I dwell; for I have desired it.
16 I will abundantly bless her provision: I will satisfy her poor with bread.
17 I will also clothe her priests with salvation: and her saints shall shout aloud for joy.
18 There will I make the horn of David to bud: I have ordained a lamp for mine anointed.
19 His enemies will I clothe with shame: but upon himself shall his crown flourish.