यर्मिया 46
1 ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ।
2 यो सन्देश मिश्र देशको विषयमा हो। यो सन्देश मिश्रदेशका राजा फिरऊन नेकोका सेनाको बारेमा छ। उसको सेना यूफ्रेटिस नदीको किनार कर्कशमा भन्ने शहरमा पराजित भएको थियो। जब बाबेलका राजा नबूकदनेस्सरले फिरऊन नेकोको सेनालाई कर्कशमा पराजित गरे। त्यसबेला योशियाहको छोरो यहोयाकाम यहूदाका राजा भएको चार वर्ष पुगेको थियो। यो मिश्रलाई परमप्रभुको सन्देश हो
3 “तिम्रो ठूलो र सानो ढालहरू तैयार पार। युद्धको लागि अघि बढ।
4 घोडाहरू तैयार पार सिपाहीहरू आफ्नो घोडाहरूमाथि चढे युद्धभूमिमा जाऊ। लडाइँको टोपहरू लगाऊ। भालाहरू तीखो पार झिलम लगाऊ।
5 मैले के देखें? सिपाहीहरू भयभीत छन् अनि भागिरहेका छन्। ती वीर सेनाहरू परास्त भइरहेका छन्। पछि नहेरी तिनीहरू हतारिएर भागिरहेका छन्। त्यहाँ वरिपरि त्रास छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
6 फुर्तीला धाक्कहरू पनि भाग्न सक्तैनन्। बलियो सिपाहीहरू पनि उम्कन सक्तैनन्। तिनीहरू सबै ठेस लागेर लडने छन्। उत्तरमा यूफ्रेटिस् नदीको किनारमा यस्तो घटनाहरू हुनेछन्।
7 नील नदी जस्तै को आइरहेछ? को त्यस्तो तीव्र नदीहरू झैं आइरहेछ?
8 यो मिश्र हो जो नील नदी झैं आइरहेछ। यो मिश्र हो जो त्यो तीव्र नदीहरू झैं उर्लेर आईरहेछ। मिश्रले भन्दछ, ‘म आउने छु अनि पृथ्वीलाई ढाक्नेछु। म शहरहरू र त्यहाँ बस्ने मानिसहरूलाई नाश पार्नेछु।’
9 हे घोड-सवारी सिपाहीहरू, अघिबढ! हे रथ हाँक्नेहरू, चाँडो हाँक! हे वीर सिपाहीहरू, अघि बढ! कूश र पूटबाट आएका सिपाहीहरू, जो आफ्ना ढालहरू बोक। लूदबाट आएका सिपाहीहरू धनु समाल।
10 तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले आफ्नो शत्रुहरूमाथि बद्ला लिनुहुनेछ। त्यो बद्ला लिने दिन हुनेछ। तरवारले मार्नेछ अनि सन्तुष्ट हुनेछ। तिनीहरूको रगतले तरवार भरिनेछ। यो उत्तर देशको यूफ्रेटिस नदीको किनारमा मेरो मालिक, सेनाहरूका परमप्रभु निम्ति बलि हुनेछ।
11 हे मिश्र देशकी कन्ये-छोरी! गिलाद जाऊ अनि औषधि ल्याऊ। अनि सबै औषधिहरू जो तिमीले लगाउँछौ त्यो व्यर्थको हुनेछन्। तिमी निको हुने छैनौ।
12 तिम्रो अपमान विषयमा जाति-जातिहरूले सुन्नेछन्। तिम्रो रूवाँई सारा पृथ्वीभरि सुनिने छ। एउटा ‘वीर सिपाही’ अर्को ‘वीर सिपाहीमाथि’ पल्टिनेछ अनि दुवै एकैचोटी लडछन्।”
13 यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।
14 “यो सन्देश मिश्र, मिग्दोल, मेमफिस र तहपन्हेसमा घोषणा गरेर यसो भन्, ‘युद्धको लागि तैयार हौ किनभने तिम्रो वरिपरि तरवारले खाँदैछ।’
15 तिम्रो गोरू किन फ्याँकिएको छ? त्यो कि उभिन सक्तैन? किनभने परमप्रभुले तिनीहरूलाई तल घचेटि दिनुहुनेछ।
16 धेरै सिपाहीहरू ठोक्किनेछन् अनि लडनेछन्। तब तिनीहरू परस्परमा भन्नेछन्, ‘उठ, हाम्रा आफ्ना मानिसहरूकहाँ जाऊँ। हामी हाम्रा अत्याचारीहरूको तरवार भन्दा टाढो आफ्ना देशमा फर्कौ। हामी भाग्नै पर्छ किनभने हाम्रा शत्रुहरूले हामीलाई परास्त गरे।’
17 मिश्रको राजा फिरऊनलाई ‘चर्को हल्ला जसले आफ्नो नाउँमा बोलाऊ मौका गुमायो।”‘
18 जास्तो म जीवित छु। राजा भन्छन्- यो राजाको नाउँ हो सेनाहरूका परमप्रभु आउनु हुनेछ। उनी याबेर पर्वत अनि समुद्रको किनारको कर्मेल पर्वत जस्तै महान हुनेछ।”
19 हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर दासत्वको लागि तैयार हौं, किनभने मेमफिस शहर ध्वंस हुनेछ, जन शून्य बेकामे भूमि हुनेछ।
20 मिश्र एउटी सुन्दरी गाई जस्तै हो, तर एउटा डाँस उत्तरबाट उसकहाँ आइरहेछ।
21 मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोरूहरू छन् झैं तिनीहरू सबै पीठ फर्काएर भागे। तिनीहरू आक्रमणकारीहरू समक्ष एक क्षण टिक्न सकेनन्। तिनीहरूको नाशको समय आईरहेछ। तिनीहरू दण्डित हुनेछन्।
22 मिश्र साँपको झैं आवाज गर्दै सुल्किरहेको छ किनभने उसको शत्रुहरू तेजले आएकाछन्। शत्रुले मिश्रलाई बन्चरोहरूले रूख काटे झैं आक्रमण गर्नेछ।”
23 परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले उसको जंगल बाक्लो भए पनि फाँडनेछन्। शत्रुका सेनाहरू सलह झैं छन् अनि कसैले गन्न सक्तैन।
24 मिश्रकी छोरी लज्जित हुनेछ। उत्तर दिशाबाट आएका शत्रुले उसलाई पराजित गर्नेछ।”
25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु।
26 म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।”“यस ध्वंस पछि मिश्रमा फेरि अघि झैं मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
27 “हे याकूब, मेरो दास! नडराऊ। हे इस्राएल, होतोत्साही नबन। म तिमीहरू र तिम्रो नानीहरूलाई ती सुदूर र तिमीहरूलाई कैदी बनाउने ठाउँबाट बचाउनेछु। याकूब फर्कनेछ अनि शान्ति र सुरक्षा पाउने छ अनि कसैले पनि उसलाई भयभित पार्नेछैन।”
28 परमप्रभु भन्नुहुन्छ, “हे याकूब, मेरो दास! नडराऊ। म तिमीसँग छु। मैले तिमीलाई जहाँ पठाएको थिए ती जाति-जातिहरू सबै ध्वंस पार्नेछु। तर म तिमीलाई पूर्णरूपले ध्वंस गर्ने छैन। आवश्यकता अनुसार म तिमीलाई सुधार्नेछु र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”
1 The word of the Lord which came to Jeremiah the prophet against the Gentiles;
2 Against Egypt, against the army of Pharaoh-necho king of Egypt, which was by the river Euphrates in Carchemish, which Nebuchadrezzar king of Babylon smote in the fourth year of Jehoiakim the son of Josiah king of Judah.
3 Order ye the buckler and shield, and draw near to battle.
4 Harness the horses; and get up, ye horsemen, and stand forth with your helmets; furbish the spears, and put on the brigandines.
5 Wherefore have I seen them dismayed and turned away back? and their mighty ones are beaten down, and are fled apace, and look not back: for fear was round about, saith the Lord.
6 Let not the swift flee away, nor the mighty man escape; they shall stumble, and fall toward the north by the river Euphrates.
7 Who is this that cometh up as a flood, whose waters are moved as the rivers?
8 Egypt riseth up like a flood, and his waters are moved like the rivers; and he saith, I will go up, and will cover the earth; I will destroy the city and the inhabitants thereof.
9 Come up, ye horses; and rage, ye chariots; and let the mighty men come forth; the Ethiopians and the Libyans, that handle the shield; and the Lydians, that handle and bend the bow.
10 For this is the day of the Lord God of hosts, a day of vengeance, that he may avenge him of his adversaries: and the sword shall devour, and it shall be satiate and made drunk with their blood: for the Lord God of hosts hath a sacrifice in the north country by the river Euphrates.
11 Go up into Gilead, and take balm, O virgin, the daughter of Egypt: in vain shalt thou use many medicines; for thou shalt not be cured.
12 The nations have heard of thy shame, and thy cry hath filled the land: for the mighty man hath stumbled against the mighty, and they are fallen both together.
13 The word that the Lord spake to Jeremiah the prophet, how Nebuchadrezzar king of Babylon should come and smite the land of Egypt.
14 Declare ye in Egypt, and publish in Migdol, and publish in Noph and in Tahpanhes: say ye, Stand fast, and prepare thee; for the sword shall devour round about thee.
15 Why are thy valiant men swept away? they stood not, because the Lord did drive them.
16 He made many to fall, yea, one fell upon another: and they said, Arise, and let us go again to our own people, and to the land of our nativity, from the oppressing sword.
17 They did cry there, Pharaoh king of Egypt is but a noise; he hath passed the time appointed.
18 As I live, saith the King, whose name is the Lord of hosts, Surely as Tabor is among the mountains, and as Carmel by the sea, so shall he come.
19 O thou daughter dwelling in Egypt, furnish thyself to go into captivity: for Noph shall be waste and desolate without an inhabitant.
20 Egypt is like a very fair heifer, but destruction cometh; it cometh out of the north.
21 Also her hired men are in the midst of her like fatted bullocks; for they also are turned back, and are fled away together: they did not stand, because the day of their calamity was come upon them, and the time of their visitation.
22 The voice thereof shall go like a serpent; for they shall march with an army, and come against her with axes, as hewers of wood.
23 They shall cut down her forest, saith the Lord, though it cannot be searched; because they are more than the grasshoppers, and are innumerable.
24 The daughter of Egypt shall be confounded; she shall be delivered into the hand of the people of the north.
25 The Lord of hosts, the God of Israel, saith; Behold, I will punish the multitude of No, and Pharaoh, and Egypt, with their gods, and their kings; even Pharaoh, and all them that trust in him:
26 And I will deliver them into the hand of those that seek their lives, and into the hand of Nebuchadrezzar king of Babylon, and into the hand of his servants: and afterward it shall be inhabited, as in the days of old, saith the Lord.
27 But fear not thou, O my servant Jacob, and be not dismayed, O Israel: for, behold, I will save thee from afar off, and thy seed from the land of their captivity; and Jacob shall return, and be in rest and at ease, and none shall make him afraid.
28 Fear thou not, O Jacob my servant, saith the Lord: for I am with thee; for I will make a full end of all the nations whither I have driven thee: but I will not make a full end of thee, but correct thee in measure; yet will I not leave thee wholly unpunished.
Jeremiah 33 in Tamil and English
1 परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो।
Moreover the word of the Lord came unto Jeremiah the second time, while he was yet shut up in the court of the prison, saying,
2 परमप्रभुले पृथ्वी बनाउनु भयो अनि यसलाई सुरक्षित राख्नु भयो। उहाँको नाउँ परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ,
Thus saith the Lord the maker thereof, the Lord that formed it, to establish it; the Lord is his name;
3 “यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।
Call unto me, and I will answer thee, and shew thee great and mighty things, which thou knowest not.
4 परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्छ। परमेश्वरले ती कुराहरू यरूशलेमका घरहरू, जुन घेरामचान र लडाइँको प्रतिरोधमा ध्वंस भएको थियो त्यस बारेमा र यहूदाका जग्गाहरू र राजाको महलहरू बारेमा भन्नुहुन्छ।
For thus saith the Lord, the God of Israel, concerning the houses of this city, and concerning the houses of the kings of Judah, which are thrown down by the mounts, and by the sword;
5 “यस शहरको दुष्टकर्मले गर्दा म अब उसो यसको रक्षा गर्ने छैन। यरूशलेमको विरूद्ध युद्ध लड्न बाबेलका सैन्य आउनेछ र मेरो क्रोधले मारेको लाशहरूले यो शहर भनिनेछ।
They come to fight with the Chaldeans, but it is to fill them with the dead bodies of men, whom I have slain in mine anger and in my fury, and for all whose wickedness I have hid my face from this city.
6 “तर म शहरमा पुन आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु।
Behold, I will bring it health and cure, and I will cure them, and will reveal unto them the abundance of peace and truth.
7 म यहूदा र इस्राएलबाट लटिएका समानहरूको पुन बहाली गराउनेछु। म तिनीहरूलाई विगतको जस्तै बनाई दिनेछु।
And I will cause the captivity of Judah and the captivity of Israel to return, and will build them, as at the first.
8 मेरो विरोधमा तिनीहरूले गरेको पाप धोई पखाल्नेछु। तिनीहरूले मेरो विरूद्ध गरेको सबै पाप र विद्रोहहरू क्षमा गर्नेछु।
And I will cleanse them from all their iniquity, whereby they have sinned against me; and I will pardon all their iniquities, whereby they have sinned, and whereby they have transgressed against me.
9 जब मैले गरेको भलाइ कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जम्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।
And it shall be to me a name of joy, a praise and an honour before all the nations of the earth, which shall hear all the good that I do unto them: and they shall fear and tremble for all the goodness and for all the prosperity that I procure unto it.
10 “यसकारण परमप्रभु भन्नुहुन्छ ‘तिमीहरू भनिरहेकाछौ, ‘हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ।
Thus saith the Lord; Again there shall be heard in this place, which ye say shall be desolate without man and without beast, even in the cities of Judah, and in the streets of Jerusalem, that are desolate, without man, and without inhabitant, and without beast,
11 तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले प्रतिध्वनित हुनेछ। ती मानिसहरूले भन्ने छन्, ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैं कृपालु हुनुहुन्छ। तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन कारण यस ठाउँबाट जे जे लुटिएको थियो म त्यो पुन बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु,” परमप्रभु भन्नुहुन्छ।
The voice of joy, and the voice of gladness, the voice of the bridegroom, and the voice of the bride, the voice of them that shall say, Praise the Lord of hosts: for the Lord is good; for his mercy endureth for ever: and of them that shall bring the sacrifice of praise into the house of the Lord. For I will cause to return the captivity of the land, as at the first, saith the Lord.
12 सेनाहरूका परमेश्वर भन्नुहुन्छ, “मानिसहरू अथवा पशु प्राणीहरू नभएर अहिले यो ठाउँ उराठलाग्दो छ। तर यहूदाका सबै शहरहरूमा भेडा गोठालाहरूले भेडा बथानहरू चराउने र ती बथानहरूले थकाई मार्ने र्खकहरू हुनेछन्।
Thus saith the Lord of hosts; Again in this place, which is desolate without man and without beast, and in all the cities thereof, shall be an habitation of shepherds causing their flocks to lie down.
13 पहाडी देशमा, पश्चिमी बेंसीमा, नेगेबमा, बिन्यामीनको शहरहरूमा, अनि यरूशलेम र यहूदाको वरिपरि सबै शहरहरूमा भेडाका बथानहरू हुनेछन् अनि भेडा गोठालाहरू र भेडाहरू गन्ती गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।
In the cities of the mountains, in the cities of the vale, and in the cities of the south, and in the land of Benjamin, and in the places about Jerusalem, and in the cities of Judah, shall the flocks pass again under the hands of him that telleth them, saith the Lord.
14 यो परमप्रभुबाट आएको सन्देश हो “मैले इस्राएल र यहूदाका मानिसहरूको लागि विशेष प्रतिज्ञा गरेकोछु, समय आइरहेछ, म ती वचनहरू पूरा गर्नेछु।
Behold, the days come, saith the Lord, that I will perform that good thing which I have promised unto the house of Israel and to the house of Judah.
15 त्यसबेला, म दाऊदको परिवारमा एउटा धार्मिकताको ‘शाखा’ उत्पन्न गराउनेछु। उसले यो देशमा न्याय ल्याउनेछ।
In those days, and at that time, will I cause the Branch of righteousness to grow up unto David; and he shall execute judgment and righteousness in the land.
16 ‘यो ‘शाखाको’ समयमा यहूदाका मानिसहरू सुरक्षित हुने छन् अनि तिनीहरू यरूशलेममा मुक्त रहनेछन्। यो ‘शाखाको’ नाउँ हो परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ।”
In those days shall Judah be saved, and Jerusalem shall dwell safely: and this is the name wherewith she shall be called, The Lord our righteousness.
17 परमप्रभु भन्नुहुन्छ, “दाऊदको परिवारबाट एकजना मानिस सधैं सिंहासनमा बस्नेछ र इस्राएलका परिवारमाथि शासन गर्नेछ।
For thus saith the Lord; David shall never want a man to sit upon the throne of the house of Israel;
18 अनि पूजाहारीहरू जो लेवी परिवारहरूबाट हुनेछन् तिनीहरू त्यहाँ मेरो अघि होमबलिहरू, अन्न बलिहरू र अरू बलिहरू चढाउन उभिन्छन्।”
Neither shall the priests the Levites want a man before me to offer burnt offerings, and to kindle meat offerings, and to do sacrifice continually.
19 यो सन्देश परमप्रभुबाट यर्मिया कहाँ आयो।
And the word of the Lord came unto Jeremiah, saying,
20 परमप्रभु भन्नुहुन्छ, “मसँग रात र दिनको करार छ। त्यो सदा-सर्वदा चलिरहनेछ। यदि तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ भने ताकि दिन र रात आफ्नो तोकिएको समयमा नआवोस्।
Thus saith the Lord; If ye can break my covenant of the day, and my covenant of the night, and that there should not be day and night in their season;
21 तब तिमीहरूले मेरा सेवक दाऊद र लेवीसँग पनि मेरो करार बद्लिन सक्छौ। दाऊदका सन्तानहरू अब राजा हुनेछैन र लेवीका परिवारबाट पूजाहारी हुनेछैन।
Then may also my covenant be broken with David my servant, that he should not have a son to reign upon his throne; and with the Levites the priests, my ministers.
22 तर म मेरो दास दाऊदका सन्तानहरूलाई र लेवीका परिवारहरूलाई जसले मेरो सेवा गरिरहेका छन् संख्या वृद्धि गराउनेछु। तिनीहरूको सन्तानको संख्या आकाशमा ताराहरू र सागरको किनारमा बालुवाको कण झैं अनगन्ती हुनेछ।”
As the host of heaven cannot be numbered, neither the sand of the sea measured: so will I multiply the seed of David my servant, and the Levites that minister unto me.
23 यर्मियाले यो सन्देश परमप्रभुबाट प्राप्त गरे
Moreover the word of the Lord came to Jeremiah, saying,
24 “यर्मिया, तिमीले सुन्यौ, मानिसहरूले के भनिरहेछन्? ती मानिसहरूले भनिरहेका छन्, ‘परमप्रभुले यहूदा र इस्राएलका परिवारहरूलाई जसलाई चुन्नुभएको थियो ती दुइलाई त्याग गर्नु भयो। तिनीहरूले मेरा मानिसहरूलाई घृणा गर्छन अनि तिनीहरूलाई एउटा जाति भनी भन्नु चाहँदैनन्।”
Considerest thou not what this people have spoken, saying, The two families which the Lord hath chosen, he hath even cast them off? thus they have despised my people, that they should be no more a nation before them.
25 परमप्रभु भन्नुहुन्छ, “यदि मैले रात र दिनसँग करार नराखेको भए अनि यदि मैले आकाश र पृथ्वीको लागि नियमहरू तैयार नबनाएको भए।
Thus saith the Lord; If my covenant be not with day and night, and if I have not appointed the ordinances of heaven and earth;
26 तब याकूबका सन्तानहरू अस्वीकार गर्न सक्छु। अनि मेरो दास दाऊदका सन्तानहरूलाई अब्राहाम, इसहाक र याकूबको वंशहरूमाथि राज्य गर्नदिने छैन। तर तिनीहरूबाट जो खोसिएको छ त्यो पुन बहाल गरिनेछ र तिनीहरूमाथि दया गरिनेछ।”
Then will I cast away the seed of Jacob, and David my servant, so that I will not take any of his seed to be rulers over the seed of Abraham, Isaac, and Jacob: for I will cause their captivity to return, and have mercy on them.