दानियल 12

1 “त्यस समयमा प्रमुख र्स्वगदूत माइकल तिम्रा मानिसहरूको रक्षक खडा हुनेछ। त्यस समयमा दुखहरू र संकटहरू हुनेछन्। यस्तो संकट तिनीहरूमाथि तिनीहरू संयुक्त भएदेखि यता कहिल्यै आएको थिएन। तर त्यसै बेला तिम्रा मानिसहरू, जसको नाउँ यस पुस्तकमा लेखिएकोछ, मुक्त गरिनेछन्।

2 अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम र घृणा तिस्कारका निम्ति ब्यूँझने छन्।

3 ज्ञानी-शिक्षकहरू उज्जवल आकाश झैं चम्कनेछन्। अनि तिनीहरू तिनीहरूलाई सत्यको मार्गमा सदा-सर्वदाको निम्ति डोर्याउने ताराहरू झैं हुनेछन्।

4 “‘तर तिमी दानियल यो दर्शनलाई बचाएर सुरक्षित ठाउँमा राख। धेरै मानिसहरू ज्ञानको खोजीमा यता उति जानेछन्। अनि साँचो ज्ञान बढ्नेछ।’

5 “त्यसपछि म दानियलले हेरें, अनि देखें अरू दुइ जना त्यहाँ उभिरहेको थिए, एउटा चाँहि नदी यताको किनारमा र अर्को चाँहि नदीको अर्को किनारमा थिए।

6 एकजना मलमलको लुगा लगाएको मानिसले अर्को मानिसलाई सोध्यो जो नदीको प्रवाहमाथि उभिएको थियो, ‘यस आर्श्चय अन्त गराउन कति समय लाग्नेछ?’

7 “त्यो मानिस जसले मलमलको लुगा लगाएको थियो अनि नदीको वहावको विरूद्ध उभिएको थियो उसले आफ्नो दुवै हात आकाश पट्टि उठायो। मैले त्यस मानिसलाई अमर परमेश्वरको नाउँ प्रयोग गरेर एउटा शपथ गर्दै गरेको सुनें। उसले भन्यो, ‘यो साँढे तीन वर्षको निम्ति हुनेछ। पवित्र मानिसको शक्ति घट्ने छ अनि यी सबै कुराहरू एकदमै समाप्त हुन्छन्।’

8 “मैले यो सुनें तर बुझ्न सकिनँ, यसैले मैले सोधें, ‘हे महाशय! यी सबै कुराहरू सत्य भए पछि के हुन्छ।’

9 “उसले भन्यो, ‘दानियल, तिमी आफ्नो जीवन बिताऊ, यो कुराहरू गुप्त राखिएकाछन् अनि अन्तको समय सम्मलाई बन्द गरिएकाछन्।

10 धेरै जनाले आफूलाई पवित्र पार्नेछन् तर दुष्टहरूले चाँहि दुष्ट्याँई गरिनैरहने छन् र तिनीहरू मध्येका कसैले पनि बुझ्न सक्ने छैनन्। ज्ञानी शिक्षकहरूले मात्र बुझ्नेछन्।

11 “‘नित्य बलि रोकिएको समयदेखि र उजाडको घृणित बस्तु स्थापना गरिएको समय सम्म 1,290 दिन हुनेछ।

12 त्यो मानिस धन्य हो जसले 1,335 दिन पूरा भएको हेर्न पर्खिरहन्छ।

13 “‘अब तिम्रो लागि अन्त सम्मको बाटो पूरा भयो। तिमी विश्राम गर, सुन अनि त्यसपछि अन्तमा तिमी आफ्नो भाग प्राप्त गर्नको निम्ति मृत्युबाट फेरि उठेर आऊ।”‘ 

1 And at that time shall Michael stand up, the great prince which standeth for the children of thy people: and there shall be a time of trouble, such as never was since there was a nation even to that same time: and at that time thy people shall be delivered, every one that shall be found written in the book.

2 And many of them that sleep in the dust of the earth shall awake, some to everlasting life, and some to shame and everlasting contempt.

3 And they that be wise shall shine as the brightness of the firmament; and they that turn many to righteousness as the stars for ever and ever.

4 But thou, O Daniel, shut up the words, and seal the book, even to the time of the end: many shall run to and fro, and knowledge shall be increased.

5 Then I Daniel looked, and, behold, there stood other two, the one on this side of the bank of the river, and the other on that side of the bank of the river.

6 And one said to the man clothed in linen, which was upon the waters of the river, How long shall it be to the end of these wonders?

7 And I heard the man clothed in linen, which was upon the waters of the river, when he held up his right hand and his left hand unto heaven, and sware by him that liveth for ever that it shall be for a time, times, and an half; and when he shall have accomplished to scatter the power of the holy people, all these things shall be finished.

8 And I heard, but I understood not: then said I, O my Lord, what shall be the end of these things?

9 And he said, Go thy way, Daniel: for the words are closed up and sealed till the time of the end.

10 Many shall be purified, and made white, and tried; but the wicked shall do wickedly: and none of the wicked shall understand; but the wise shall understand.

11 And from the time that the daily sacrifice shall be taken away, and the abomination that maketh desolate set up, there shall be a thousand two hundred and ninety days.

12 Blessed is he that waiteth, and cometh to the thousand three hundred and five and thirty days.

13 But go thou thy way till the end be: for thou shalt rest, and stand in thy lot at the end of the days.

Judges 13 in Tamil and English

1 इस्राएलीहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसर्थ परमप्रभुले पलिश्तीहरूलाई चालीस वर्षसम्म तिनीहरूमाथि शासन गर्न दिनुभयो।
And the children of Israel did evil again in the sight of the Lord; and the Lord delivered them into the hand of the Philistines forty years.

2 सोरा शहरमा एक मानिस थिए। त्यो मानिसको नाउँ मानोह थियो। तिनी दानको कुल समूहका थिए। मानोहकी एकजना पत्नी थिइन्। तर तिनीहरूको कुनै नानी जन्मिएका थिएनन्।
And there was a certain man of Zorah, of the family of the Danites, whose name was Manoah; and his wife was barren, and bare not.

3 परमप्रभुका दूतले मानोहको पत्नीलाई दर्शन दिनुभयो। तिनले भने, “तिमी नानीहरू जन्माउन सक्षम भएकी छैनौ। तर तिमी गर्भवती हुने छौ अनि एउटा छोरालाई जन्म दिनेछौ।
And the angel of the Lord appeared unto the woman, and said unto her, Behold now, thou art barren, and bearest not: but thou shalt conceive, and bear a son.

4 कुनै दाखरस वा अरू कुनै कड पिउने पदार्थ नपिउनु। कुनै भोजन नगर्नु जो अशुद्धछ।
Now therefore beware, I pray thee, and drink not wine nor strong drink, and eat not any unclean thing:

5 किन? किनभने तिमी गर्भवती छौ अनि तिमीले छोरा जन्माउनेछौ। जन्मेको समय देखि नै उसलाई परमप्रभुको निम्ति विशेष समर्पण गरिनेछ। उ एउटा नाजिरी हुनेछ। यसकारण तिमीहरूले कहिले पनि उसको कपाल काटिदिनु हुँदैन। उसले इस्राएलका मानिसहरूलाई पलिश्ती मानिसहरूको शक्तिबाट बचाउँन शुरू गर्नेछ।”
For, lo, thou shalt conceive, and bear a son; and no razor shall come on his head: for the child shall be a Nazarite unto God from the womb: and he shall begin to deliver Israel out of the hand of the Philistines.

6 त्यसपछि ती स्त्री आफ्ना पतिकहाँ गइन् अनि घटेका कुरा उसलाई भनिन्। तिनले भनी, “परमेश्वरबाट एउटा व्यक्ति म कहाँ आए। ती परमेश्वरको दूत जस्तै देखिन्थ्यो। उसले मलाई भयभीत तुल्यायो। त्यो कहाँबाट आएको थियो त्यो मैले सोधें। उसले मलाई आफ्नो नाउँ भनेन।
Then the woman came and told her husband, saying, A man of God came unto me, and his countenance was like the countenance of an angel of God, very terrible: but I asked him not whence he was, neither told he me his name:

7 तर उसले मलाई भन्यो, ‘तिमी गर्भवती छौ अनि एउटा छोरा जन्माउने छौ। कुनै दाखरस वा अरू पिउने कडा पदार्थ नपिउनु। कुनै अशुद्ध भोजन नखानु। किन? किनभने त्यो बालकलाई परमेश्वर प्रति विशेष रूपले जन्मेदेखि मृत्युको दिनसम्म नै समर्पण गरिनेछ।”‘
But he said unto me, Behold, thou shalt conceive, and bear a son; and now drink no wine nor strong drink, neither eat any unclean thing: for the child shall be a Nazarite to God from the womb to the day of his death.

8 तब मानोहले परमेप्रभुलाई प्रार्थना गरे। तिनले भने, “परमप्रभु म बिन्ती गर्छु तपाईंले पठाउनुभएको मानिसलाई फेरि हामीकहाँ पठाइ दिनुहोस्। हामी चाहन्छौ कि अब चाँडै जन्मने छोराको निम्ति हामीले के गर्नु पर्ने उसले हामीलाई सिकाऊन्।”
Then Manoah intreated the Lord, and said, O my Lord, let the man of God which thou didst send come again unto us, and teach us what we shall do unto the child that shall be born.

9 मानोहको प्रार्थना परमेश्वरले सुन्नुभयो। परमेश्वरका दूत फेरि त्यस स्त्री कहाँ आए। तिनी एक खेतमा बसिरहेकी थिइन् अनि तिनका पति मानोह तिनीसित थिएनन्।
And God hearkened to the voice of Manoah; and the angel of God came again unto the woman as she sat in the field: but Manoah her husband was not with her.

10 यसर्थ त्यस स्त्री आफ्ना पतिलाई भन्न दगुरिन्, “त्यो मानिस फेरि आयो! जो यहाँ अघिल्लो दिन म कहाँ आएको थियो।”
And the woman made haste, and ran, and shewed her husband, and said unto him, Behold, the man hath appeared unto me, that came unto me the other day.

11 मानोह उठे अनि आफ्नी पत्नीको पीछा गरे। जब तिनी त्यो मानिस भएकहाँ आए, तिनले भने, “मेरी पत्नीसित कुरा गर्ने मानिस तपाईं नै हुनुहुन्छ?”स्वर्गदूतले भने, “म नै हुँ।”
And Manoah arose, and went after his wife, and came to the man, and said unto him, Art thou the man that spakest unto the woman? And he said, I am.

12 यसर्थ मानोहले भने, “मलाई आशा छ कि तपाईंले जे भन्नुभयो त्यो सत्य हुनेछ। मलाई भन्नुहोस केटोले कस्तो प्रकारको जीवन जीउनु पर्छ। उसले के गर्नुपर्छ?”
And Manoah said, Now let thy words come to pass. How shall we order the child, and how shall we do unto him?

13 परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिम्री पत्नीलाई भनेका हरेक कुरा गर्नुपर्छ।
And the angel of the Lord said unto Manoah, Of all that I said unto the woman let her beware.

14 दाखको बोटमा फलेका कुनै फलपनि उसले खानु हुँदैन। उसले कुनै दाखरस वा कड पिउने पदार्थ पिउनु हुँदैन। उसले कुनै यस्तो भोजन खानु हुँदैन जुन अशुद्ध छ। मैले उसलाई गर्नु भनी आदेश गरेका हरेक कुरा गर्नुपर्छ।”
She may not eat of any thing that cometh of the vine, neither let her drink wine or strong drink, nor eat any unclean thing: all that I commanded her let her observe.

15 तब मानोहले परमप्रभुका दूतलाई भने, “हामी, तपाईं यहाँ एक क्षण बस्नु भएको चाहन्छौं। हामी तपाईंलाई भोजन गराउनका निम्ति एउटा बाख्राको पाठो पकाउन चाहन्छौं।”
And Manoah said unto the angel of the Lord, I pray thee, let us detain thee, until we shall have made ready a kid for thee.

16 परमप्रभुका दूतले मानोहलाई भने, “मलाई जानबाट तिमीले रोके पनि म तिम्रो भोजन लिने छैन। तर तिमी केही तयार गर्न चाहन्छौ भने परमप्रभुलाई एक होमबलि अर्पण गर।” (मानोहले त्यो व्यक्ति वास्तवमा परमप्रभुका स्वर्गदूत हुन भनी बुझेनन्।)
And the angel of the Lord said unto Manoah, Though thou detain me, I will not eat of thy bread: and if thou wilt offer a burnt offering, thou must offer it unto the Lord. For Manoah knew not that he was an angel of the Lord.

17 तब मानोहले परमप्रभुको दूतलाई सोधे, “तपाईंको नाउँ के हो? हामी जान्न चाहन्छौ। जसमा कि तपाईंले भन्नु भएका कुराहरू जब साँच्चै नै घट्छन् तब हामी तपाईंलाई सम्मान गर्न सकौं।”
And Manoah said unto the angel of the Lord, What is thy name, that when thy sayings come to pass we may do thee honour?

18 परमप्रभुका दूतले भने, “तिमी किन मेरो नाउँ सोध्छौ? यो यति आश्चर्यजनक छ कि तिमी विश्वास गर्न सक्तैनौ।”
And the angel of the Lord said unto him, Why askest thou thus after my name, seeing it is secret?

19 तब मानोहले एक चट्टानमा एउटा बाख्राको पाठो बलिदान चढाए। उसले बाख्राको बलि चढाए र अन्न बलि परमप्रभुलाई अर्पण गरे जसले आश्चर्यजनक कुराहरू गर्नु हुन्छ।
So Manoah took a kid with a meat offering, and offered it upon a rock unto the Lord: and the angel did wondrously; and Manoah and his wife looked on.

20 मानोह अनि उसकी पत्नीले जे भइरहेछ त्यो हेरिरहे। वेदी देखि आगोको ज्वाला आकाश तिर उठदै जाँदा परमप्रभुका स्वर्गदूत आगोमा माथि स्वर्गतिर जानुभयो।जब मानोह अनि तिनकी पत्नीले त्यो देखे, तिनीहरूले आफ्नो अनुहार भूँइतिर पारेर शिर झुकाए।
For it came to pass, when the flame went up toward heaven from off the altar, that the angel of the Lord ascended in the flame of the altar. And Manoah and his wife looked on it, and fell on their faces to the ground.

21 मानोहले आखिरमा त्यस व्यक्ति परमप्रभुका स्वर्गदूत थिए भनी बुझे। परमप्रभुका स्वर्गदूत फेरि मानोहसित देखा पर्नु भएन।
But the angel of the Lord did no more appear to Manoah and to his wife. Then Manoah knew that he was an angel of the Lord.

22 मानोहले आफ्नी पत्नीलाई भने, “हामीले परमेश्वरको दर्शन गर्यौं। यसले गर्दा निश्चयनै हाम्रो मृत्यु हुनेछ।”
And Manoah said unto his wife, We shall surely die, because we have seen God.

23 तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्न चाहनुहुन्न। यदि परमप्रभुले हामीलाई मार्न चाहनु भएको भए हामीले अर्पण गरेका होमबलि अनि अन्नबलि उहाँले स्वीकार गर्नुहुने थिएन। उहाँले यी सबै कुराहरू हामीलाई देखाउनु हुने थिएन। अनि हामीलाई यी कुराहरू उहाँले भन्नुहुने थिएन।”
But his wife said unto him, If the Lord were pleased to kill us, he would not have received a burnt offering and a meat offering at our hands, neither would he have shewed us all these things, nor would as at this time have told us such things as these.

24 यसरी त्यस स्त्रीको एउटा छोरो जन्मियो। तिनले उसको नाउँ शिमशोन राखिन्। शिमशोन हुर्किए अनि परमप्रभुले तिनलाई आशिष दिनुभयो।
And the woman bare a son, and called his name Samson: and the child grew, and the Lord blessed him.

25 जब शिमशोन महनेह दान शहरमा बसिरहेका थिए तब परमप्रभुको आत्माले शिमशोन माथि कार्य गर्न शुरू गर्यो। त्यो शहर सोरा अनि एश्तोल शहरहरूको माझमा पर्छ।
And the Spirit of the Lord began to move him at times in the camp of Dan between Zorah and Eshtaol.