दानियल 1

1 तेस्रो वर्षमा यहूदाका राजा यहोयाकीमको शासनकालमा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेममा आफ्ना सेनाद्वारा चारै तिर घेरेर त्यस माथि आक्रमण गरे।

2 परमप्रभुले उसलाई यहूदाको राजा यहोयाकीमलाई पराजित गर्ने शक्ति दिनुभयो अनि परमेश्वरको मन्दिरबाट सबै भाँडा-कुँडाहरू लाने अनुमति दिनुभयो। नबूकदनेस्सरले ती चीजहरू शिनारको भूमि बाबेलमा ल्याए अनि उनका देवताहरूका मन्दिरमा राखे।

3 त्यसपछि राजा नबूकदनेस्सरले अशपनजलाई आदेश दिए। अशपनज राजाका सेवकहरूको अगुवा थियो। राजाले अशपनजलाई राजकीय परिवारका केही यहूदीहरू अनि उच्च श्रेणीका इस्राएलीहरूलाई ल्याउनु भने।

4 ती मानिसहरू हट्टा-कट्टा, सुन्दर, शरीरमा कुनै चोट नभएका, सारा बुद्धिमा निपुण, साहित्य र विज्ञानको ज्ञानले परिपूर्ण, समझदार राजदरवारको सेवा गर्न सक्ने योग्य कल्दीहरूका भाषा र साहित्य सिकाउन भनी नपुंसकहरूका प्रधान अशपनजलाई हुकूम गरे।

5 राजा नबूदकनेसरले आफ्नो भोजन र मदको एक भाग तिनीहरूलाई दिए। राजाले तिनीहरूलाई तीन वर्षसम्म तालिम दिन र त्यसपछि उनको सामु प्रस्तुत गर्ने निर्देशन दिए।

6 यहूदाका ती नानीहरूमा दानियल, हनन्याह, मीशाएल अनि अजर्याह सामेल थिए।

7 अशपनजले (नपुंसक) नाउँ राखिदिए। तिनीहरूले दानियलको नाउँ बेलतसजर राखिदिए। तिनीहरूले हनन्याहको नाउँ शद्रक राखिदिए। अनि मीशाएललाई मेशेक अनि अजर्याहलाई अबेद्नगो नाउँ राखिदिए।

8 तर राजाले उनीहरूलाई दिनु भनी पठाएको भोजन र दाखरस खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्चय गरे। यसैले आफूलाई अशुद्ध हुन नदिनुहोस् भनी नपुंसकहरूका प्रधानलाई बिन्ति गरे।

9 परमेश्वरले नपुंसकहरूका प्रमुखको मनमा दानियल प्रति करूणा र दया भरिदिनु भयो।

10 नपुंसकहरूका प्रमुखले दानियललाई भने, “मलाई डर लाग्छ, किनभने मेरा परमप्रभु राजाले मलाई तिमीले यो भोजन खाएको अनि यो दाखरस पिएको हेर्नु भनी आदेश दिनु भएको छ। यदि तिमीले यो भोजन खाएनौ भने तिमी बिमार अनि दुर्बल हुनेछौ। राजाले यो देख्नु हुनेछ र मसित रिसाउनु हुनेछ। हुन सक्छ, मेरो टाउको काटिइनेछ अनि यो दोष तिम्रो हुनेछ।”

11 यसपछि दानियलले आफूलाई हेरचाह गर्ने कारिन्दालाई भने। अशपनजको त्यो कारिन्दालाई दानियल, हनन्याह, मीशाएल अनि अजर्याहमाथि ध्यान देऊ।

12 दानियलले त्यो कारिन्दासँग भने, “दया गरेर दश दिन सम्म हाम्रो परीक्षा लेऊ, हामीलाई खान साग-सब्जी अनि पिउने पानी बाहेक केही नदेऊ।

13 त्यसपछि तिमीले हाम्रो तुलना अरू जवान मानिसहरूसँग गर, जसले राजाको खाना खान्छन्। त्यस पछि तिमीले देख्छौ कि को धेरै स्वस्थ छ, अनि आफै निर्णय गर, हामीसँग कस्तो व्यवहार गर्नु पर्छ, हामी तिम्रो सेवक हौं।”

14 उनी राजी भए अनि दश दिन सम्म जाँच गरे।

15 दश दिनको अन्तमा तिनीहरू राम्रा र हट्टा-कट्टा देखिन थाले उनीहरू भन्दा, जसले राजाको खाना खान्थे।

16 त्यसपछि त्यो रखवालाले उनीहरूलाई राजाको खाना र दाखरस दिन बन्द गरे। अनि तिनीहरूलाई साग-सब्जी नै दिनलागे।

17 परमेश्वरले ती चारजनालाई, ज्ञान, बुद्धि प्रदान गर्नुभयो, अनि हेरक प्रकारको लिपि, विज्ञानहरू जान्ने योग्यता दिनुभयो। दानियलले हरेक प्रकारको दिब्य दर्शन अनि सपनाहरू बुझ्न थाले।

18 त्यस अवधिको अन्तमा राजाको आदेश अनुसार नपुंसकहरूका अगुवाले तिनीहरूलाई राजा नबूकदनेस्सर अघि उपस्थित गराए।

19 राजाले सबै मानिसहरूको अन्तवार्ता लिए तर उनले ती मध्ये कसैलाई पनि दानियल, हनन्याह, मीशाएल अनि अजर्याह जस्तो सर्वोत्तम पाएनन्। यसकारण उनले तिनीहरूलाई आफ्नो कार्यमा लिए।

20 राजाले यी चारजनासित सबै महत्वपूर्ण विषयमा सरसल्लाह लिए अनि तिनीहरूले आफ्नो ज्ञान र सुझबुझको प्रमाण दिए। राजाले देखे कि यी चारजना उनको राज्यका सबै ज्ञानी अनि जादुगरहरू भन्दा दश गुणा राम्रा छन्।

21 दानियलले कोरेसको शासन कालको पहिलो वर्ष सम्म राजाको सेवा गरिबसे।

1 In the third year of the reign of Jehoiakim king of Judah came Nebuchadnezzar king of Babylon unto Jerusalem, and besieged it.

2 And the Lord gave Jehoiakim king of Judah into his hand, with part of the vessels of the house of God: which he carried into the land of Shinar to the house of his god; and he brought the vessels into the treasure house of his god.

3 And the king spake unto Ashpenaz the master of his eunuchs, that he should bring certain of the children of Israel, and of the king’s seed, and of the princes;

4 Children in whom was no blemish, but well favoured, and skilful in all wisdom, and cunning in knowledge, and understanding science, and such as had ability in them to stand in the king’s palace, and whom they might teach the learning and the tongue of the Chaldeans.

5 And the king appointed them a daily provision of the king’s meat, and of the wine which he drank: so nourishing them three years, that at the end thereof they might stand before the king.

6 Now among these were of the children of Judah, Daniel, Hananiah, Mishael, and Azariah:

7 Unto whom the prince of the eunuchs gave names: for he gave unto Daniel the name of Belteshazzar; and to Hananiah, of Shadrach; and to Mishael, of Meshach; and to Azariah, of Abed-nego.

8 But Daniel purposed in his heart that he would not defile himself with the portion of the king’s meat, nor with the wine which he drank: therefore he requested of the prince of the eunuchs that he might not defile himself.

9 Now God had brought Daniel into favour and tender love with the prince of the eunuchs.

10 And the prince of the eunuchs said unto Daniel, I fear my lord the king, who hath appointed your meat and your drink: for why should he see your faces worse liking than the children which are of your sort? then shall ye make me endanger my head to the king.

11 Then said Daniel to Melzar, whom the prince of the eunuchs had set over Daniel, Hananiah, Mishael, and Azariah,

12 Prove thy servants, I beseech thee, ten days; and let them give us pulse to eat, and water to drink.

13 Then let our countenances be looked upon before thee, and the countenance of the children that eat of the portion of the king’s meat: and as thou seest, deal with thy servants.

14 So he consented to them in this matter, and proved them ten days.

15 And at the end of ten days their countenances appeared fairer and fatter in flesh than all the children which did eat the portion of the king’s meat.

16 Thus Melzar took away the portion of their meat, and the wine that they should drink; and gave them pulse.

17 As for these four children, God gave them knowledge and skill in all learning and wisdom: and Daniel had understanding in all visions and dreams.

18 Now at the end of the days that the king had said he should bring them in, then the prince of the eunuchs brought them in before Nebuchadnezzar.

19 And the king communed with them; and among them all was found none like Daniel, Hananiah, Mishael, and Azariah: therefore stood they before the king.

20 And in all matters of wisdom and understanding, that the king inquired of them, he found them ten times better than all the magicians and astrologers that were in all his realm.

21 And Daniel continued even unto the first year of king Cyrus.

Haggai 1 in Tamil and English

1 फारसको राजा दाराको दोस्रो र्बषको छैटौं महिनाको पहिलो दिन हाग्गैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यरूबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसदाकका छोराका निम्ति थियो। शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो।
In the second year of Darius the king, in the sixth month, in the first day of the month, came the word of the Lord by Haggai the prophet unto Zerubbabel the son of Shealtiel, governor of Judah, and to Joshua the son of Josedech, the high priest, saying,

2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।”
Thus speaketh the Lord of hosts, saying, This people say, The time is not come, the time that the Lord’s house should be built.

3 फेरी परमप्रभुको वचन अगमवक्ता हाग्गैबाट आयो, जसमा भनिएको थियो, तिमीहरू सोच्छौ तिम्रो सही समय आइ सक्यो।
Then came the word of the Lord by Haggai the prophet, saying,

4 “परमप्रभुको मन्दिर नष्ट भएको समयमा के तिनीहरू काठको घर निर्माण गरेर बस्ने सही समय आएकोछ भनी सम्झन्छौ?
Is it time for you, O ye, to dwell in your cieled houses, and this house lie waste?

5 यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड।
Now therefore thus saith the Lord of hosts; Consider your ways.

6 तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कट्नी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन्, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेंड परेकोछ।’”
Ye have sown much, and bring in little; ye eat, but ye have not enough; ye drink, but ye are not filled with drink; ye clothe you, but there is none warm; and he that earneth wages earneth wages to put it into a bag with holes.

7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच!
Thus saith the Lord of hosts; Consider your ways.

8 पहाडमा चढ, काठ ल्याऊ अनि मन्दिर बनाऊ। त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ।
Go up to the mountain, and bring wood, and build the house; and I will take pleasure in it, and I will be glorified, saith the Lord.

9 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले धैरे-बाली पाउने आशा गर्छौ, तर थोरै मात्र प्राप्त गर्नेछौ। जे जत्ति तिमीहरूले कमाउँछौ अनि घरमा राख्छौ, त्यसलाई म उडाई दिनेछु। किन? किनकि मेरो मन्दिर नष्ट भएकोछ, तर तिमीहरूलाई आफ्नो-आफ्नो घरको मात्र चिन्ता छ।
Ye looked for much, and, lo, it came to little; and when ye brought it home, I did blow upon it. Why? saith the Lord of hosts. Because of mine house that is waste, and ye run every man unto his own house.

10 यसकराण, आकाशबाट शीत झर्न बन्द भएकोछ, र यही कारण भूमिले अन्न उब्जाउन बन्द गरेकोछ, यी सबै तिमीहरूको कारणले भएको हो।”
Therefore the heaven over you is stayed from dew, and the earth is stayed from her fruit.

11 परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न,नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु।“
And I called for a drought upon the land, and upon the mountains, and upon the corn, and upon the new wine, and upon the oil, and upon that which the ground bringeth forth, and upon men, and upon cattle, and upon all the labour of the hands.

12 तब शालतीएलका छोरा यरूबाबेल अनि यहोसादकको छोरा महायाजक यहोशूले सबै बाँचेका मानिसहरूसंग आपनो परमप्रभु परमेश्वरको सन्देश अनि उहाँले पठाएउनु भएको अगमवक्ता हाग्गैको वचन स्वीकार गरे अनि मानिसहरू आफ्नो परमेश्वर परमप्रभुसंग डराउन थाले।
Then Zerubbabel the son of Shealtiel, and Joshua the son of Josedech, the high priest, with all the remnant of the people, obeyed the voice of the Lord their God, and the words of Haggai the prophet, as the Lord their God had sent him, and the people did fear before the Lord.

13 परमप्रभु परमेश्वरको सन्देश-वाहक हाग्गैले मानिसहरूलाई परमप्रभुको सन्देश सुनाए। परमप्रभुले भन्नुभयो, “म तिम्रो साथमा छु।”
Then spake Haggai the Lord’s messenger in the Lord’s message unto the people, saying, I am with you, saith the Lord.

14 तब परमप्रभु परमेश्वरले शालतीएलका छोरा यहूदाका राज्यपाल यरूबाबेललाई उत्तेजित गर्नुभयो अनि परमेश्वर परमप्रभुले यहोसादाकका छोरा यहोशूलाई पनि आत्मामा उत्तेजित गर्नुभयो अनि परमप्रभु परमेश्वरले बाँकी सबै मानिसहरूलाई प्रेरित गर्नुभयो। तब तिनीहरू आए अनि तिनीहरूका सर्वशक्तिमान परमप्रभु परमेश्वरको मन्दिर निर्माणको काम गर्न थाले।
And the Lord stirred up the spirit of Zerubbabel the son of Shealtiel, governor of Judah, and the spirit of Joshua the son of Josedech, the high priest, and the spirit of all the remnant of the people; and they came and did work in the house of the Lord of hosts, their God,

15 उनीहरूले यो कार्य राजा दाराको दोस्रो र्बषको छैठौं महिनाको चौबिसौं दिनमा शुरू गरे।
In the four and twentieth day of the sixth month, in the second year of Darius the king.