Matthew 3

1 त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले।

2 तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाडै आउन लागेको छ।”

3 बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए“मरुभूमिमा एकजना कराइरहेछन्, ‘परमप्रभुको बाटो तयार पार; उहाँका मार्गहरू सोझ्याऊ।”

4 यूहन्नाको लुगा ऊँटको रौंको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो।

5 यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए।

6 आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्ना द्वारा यर्दन नदीमा बप्तिस्मा लिए।

7 धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, ‘हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्वोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?

8 तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ।

9 अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी दुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ।

10 अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढलिनेछ अनि आगोमा फालिनेछ।

11 ‘म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिष्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।

12 उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहुँ संग्रह गरी आफ्नो गह्रौ भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”

13 त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो।

14 तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन-भन्ने कोशिश गरे उनले सोधे, ‘तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।’

15 येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।

16 त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो।

17 तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, ‘यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”

1 In those days came John the Baptist, preaching in the wilderness of Judaea,

2 And saying, Repent ye: for the kingdom of heaven is at hand.

3 For this is he that was spoken of by the prophet Esaias, saying, The voice of one crying in the wilderness, Prepare ye the way of the Lord, make his paths straight.

4 And the same John had his raiment of camel’s hair, and a leathern girdle about his loins; and his meat was locusts and wild honey.

5 Then went out to him Jerusalem, and all Judaea, and all the region round about Jordan,

6 And were baptized of him in Jordan, confessing their sins.

7 But when he saw many of the Pharisees and Sadducees come to his baptism, he said unto them, O generation of vipers, who hath warned you to flee from the wrath to come?

8 Bring forth therefore fruits meet for repentance:

9 And think not to say within yourselves, We have Abraham to our father: for I say unto you, that God is able of these stones to raise up children unto Abraham.

10 And now also the axe is laid unto the root of the trees: therefore every tree which bringeth not forth good fruit is hewn down, and cast into the fire.

11 I indeed baptize you with water unto repentance: but he that cometh after me is mightier than I, whose shoes I am not worthy to bear: he shall baptize you with the Holy Ghost, and with fire:

12 Whose fan is in his hand, and he will throughly purge his floor, and gather his wheat into the garner; but he will burn up the chaff with unquenchable fire.

13 Then cometh Jesus from Galilee to Jordan unto John, to be baptized of him.

14 But John forbad him, saying, I have need to be baptized of thee, and comest thou to me?

15 And Jesus answering said unto him, Suffer it to be so now: for thus it becometh us to fulfil all righteousness. Then he suffered him.

16 And Jesus, when he was baptized, went up straightway out of the water: and, lo, the heavens were opened unto him, and he saw the Spirit of God descending like a dove, and lighting upon him:

17 And lo a voice from heaven, saying, This is my beloved Son, in whom I am well pleased.

Genesis 9 in Tamil and English

1 परमेश्वरले नूह र उसका छोराहरुलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरुलाई भन्नुभयो, “तिमीहरुका सन्तानहरुको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरुले भरियोस्।
And God blessed Noah and his sons, and said unto them, Be fruitful, and multiply, and replenish the earth.

2 यस पृथ्वीको प्रत्येक पशु, आकाशको प्रत्येक चरा, प्रत्येक जन्तु जो भूइँमा घस्रन्छ र समुद्रका प्रत्येक माछा तिमीसित डराउने छन। तिनीहरु सबै तेरो नियन्त्रणमा बसुन्।
And the fear of you and the dread of you shall be upon every beast of the earth, and upon every fowl of the air, upon all that moveth upon the earth, and upon all the fishes of the sea; into your hand are they delivered.

3 कुनै पनि गतिशील चीज तेरो आहारको निम्ति होस्, जस्तो मैले पहिले हरियो उद्भिदहरु खाद्यको निम्ति दिएँ अहिले तलाईं प्रत्येक चीज खानको निम्ति दिन्छु।
Every moving thing that liveth shall be meat for you; even as the green herb have I given you all things.

4 जिउँदो पशुहरुको मासुमा जतिञ्जेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु।
But flesh with the life thereof, which is the blood thereof, shall ye not eat.

5 अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।
And surely your blood of your lives will I require; at the hand of every beast will I require it, and at the hand of man; at the hand of every man’s brother will I require the life of man.

6 “यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।”
Whoso sheddeth man’s blood, by man shall his blood be shed: for in the image of God made he man.

7 “अनि तिमीले धेरै सन्तानहरु पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”
And you, be ye fruitful, and multiply; bring forth abundantly in the earth, and multiply therein.

8 तब परमेश्वरले नूह र उनका छोराहरुलाई भन्नुभयो,
And God spake unto Noah, and to his sons with him, saying,

9 “म तिमी, तिम्रा भावी सन्तान अनि तिमीसित भएको प्रत्येक सजीव वस्तुसित विशेष सम्झौता तयार गर्दै छु।
And I, behold, I establish my covenant with you, and with your seed after you;

10 म मेरो करार सबै चराहरु अनि पाल्तू पशुहरु अनि पृथ्वीमा भएका सबै जनावरहरुसित जो तिमीहरुसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरुसित गर्नेछु।
And with every living creature that is with you, of the fowl, of the cattle, and of every beast of the earth with you; from all that go out of the ark, to every beast of the earth.

11 तिमीहरुसित म यो करार गर्दैछु अब उसो कहिल्यै पनि जल प्रलयद्वारा प्राणीहरु नष्ट हुने छैनन् अनि अब फेरि पृथ्वीलाई नष्ट पार्न जल-प्रलय कहिल्यै हुनेछैन।”
And I will establish my covenant with you; neither shall all flesh be cut off any more by the waters of a flood; neither shall there any more be a flood to destroy the earth.

12 अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरु र तिमीहरुसित भएका प्राणीहरुसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरुका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैं रही रहनेछ।
And God said, This is the token of the covenant which I make between me and you and every living creature that is with you, for perpetual generations:

13 तिमीहरुसित मैले स्थापित गरेको करारको चिन्ह स्वरुप बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो।
I do set my bow in the cloud, and it shall be for a token of a covenant between me and the earth.

14 जब म पृथ्वीमाथि बादल ल्याउँछु बादलमा इन्द्रेणी देखा पर्छ।
And it shall come to pass, when I bring a cloud over the earth, that the bow shall be seen in the cloud:

15 म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरुलाई नष्ट गर्ने छैन।
And I will remember my covenant, which is between me and you and every living creature of all flesh; and the waters shall no more become a flood to destroy all flesh.

16 जब म इन्द्रेणीलाई देख्छु म त्यो करार सधैं सम्झना गर्नेछु म अनि पृथ्वीमा भएको प्रत्येक जीवित प्राणीहरु बिचमा भएको करार सम्झना गर्नेछु।”
And the bow shall be in the cloud; and I will look upon it, that I may remember the everlasting covenant between God and every living creature of all flesh that is upon the earth.

17 अनि परमेश्वरले नूहलाई भन्नुभयो, “यही नै म र पृथ्वीमा भएका सबै जीवित प्राणीहरुसित स्थापित गरिएको करारको चिन्ह हो।”
And God said unto Noah, This is the token of the covenant, which I have established between me and all flesh that is upon the earth.

18 जहाजबाट निस्केका नूहका छोराहरु शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए)
And the sons of Noah, that went forth of the ark, were Shem, and Ham, and Japheth: and Ham is the father of Canaan.

19 यी तिनै जना नूहका छोराहरु थिए र यी तीन जनाका सन्तानहरुले नै यो पृथ्वी भरियो।
These are the three sons of Noah: and of them was the whole earth overspread.

20 नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए।
And Noah began to be an husbandman, and he planted a vineyard:

21 नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्।
And he drank of the wine, and was drunken; and he was uncovered within his tent.

22 कनानका बाबु हामले आफ्नो बाबु न्‌हलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरुलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए।
And Ham, the father of Canaan, saw the nakedness of his father, and told his two brethren without.

23 तिनीहरु पछिल्तिर फर्केका थिए र तिनीहरुले बाबुलाई नाङ्गो देखेनन्।
And Shem and Japheth took a garment, and laid it upon both their shoulders, and went backward, and covered the nakedness of their father; and their faces were backward, and they saw not their father’s nakedness.

24 जब नूह मद्य निद्राबाट बिउँझिए उसको कान्छो छोरोले के गरेको थियो थाहा पाए।
And Noah awoke from his wine, and knew what his younger son had done unto him.

25 तब नूहले भने, “कनानलाई सराप लागोस्, ऊ आफ्ने दाज्यू-भाइहरुको कमारो हुनेछ।”
And he said, Cursed be Canaan; a servant of servants shall he be unto his brethren.

26 तब नूहले भने, “शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन् कनान उनको दास बनियोस्।
And he said, Blessed be the Lord God of Shem; and Canaan shall be his servant.

27 परमेश्वरले येपेतको विकास गराई दिऊन्, अनि येपेत शेमको पालहरुमा बसोस् अनि कनान उसको कमारा होस्।”
God shall enlarge Japheth, and he shall dwell in the tents of Shem; and Canaan shall be his servant.

28 नूह जल प्रलयपछि 350 वर्ष बाँचे र मरे।
And Noah lived after the flood three hundred and fifty years.

29 यसर्थ नूह जम्मा 950 वर्ष बाँचे र मरे।राष्ट्रहरु बढ्दै गए अनि फिंजिए
And all the days of Noah were nine hundred and fifty years: and he died.