2 Kings 3

1 आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। यहोशापात यहुदाको राजा हुँदा अठाह्रौं वर्षकोसमयमा उनले शासन शुरू गरे। योरामले बाह्र वर्ष शासन गरे।

2 योरामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल कार्य भन्नु भएको थियो। तर योराम आफ्ना पिता र माता जस्ता थिएनन् किनभने उनले ती खाँबाहरू उखाले जसलाई उनका पिताले बालको पूजा गर्नका लागि बनाएका थिए।

3 तर उनले नबातका छोरा यरोबामको जस्तो पाप गरिनै रहे। यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। योरामले यारोबामको पाप गर्न रोकेनन्।

4 मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेडा थिए। मेशाले एक लाख भेडा र एक लाख भेडाका ऊन इस्राएलका राजालाई दिए।

5 तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरूद्धमा बागी भए।

6 तब राजा योराम सामरियाबाट निस्किए अनि इस्राएलका मानिसहरूलाई भेला गरे।

7 योरामले यहूदाका राजा यहोशापात कहाँ दूतहरूलाई पठाए। योरामले भने, “मोआबका राजा मेरो विरूद्धमा बागी भएका छन्। के तिमी मोआबको विरूद्धमा लड्न मसँग जाने छौ?”यहोशापातले भने, “अवश्य, म तिमीसँग जानेछु। मेरो मानिसहरू तिम्रा मानिसहरू जस्तै हुनेछन्। र मेरो घोडाहरू तिम्रा घोडाहरू जस्तै हुनेछन्।”

8 यहोशापातले योरामलाई सोधे, “हामी कुन बाटोबाट जाऊँ?”योरामले जवाफ दिए, “हामी एदोमको मरूभूमिबाट जानुपर्छ।”

9 यसकारण इस्राएलका राजा यहूदा र एदोमका राजाहरूसँगै गए। तिनीहरूलाई यात्रा गर्न सात दिन लाग्यो, त्यहाँ सेना र अरू पशुहरूका लागि पर्याप्त पानी थिएन।

10 अन्तमा, इस्राएलका राजा योरामले भने, “हाय, मेरो विचारमा मोआबीलीहरूबाट परास्त गर्नका लागि परमप्रभुले हामी तीन जना राजाहरूलाई एउटा ठाउँमा ल्याउनुभयो।”

11 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ताछन् यदि यहाँ छन भने हामी अगमवक्तालाई सोध्नु पर्छ जे परमप्रभु भन्नु हुन्छ हामीले त्यही गर्नु पर्छ।”इस्राएलका राजाका सेवकहरूमध्ये एक जनाले भने, “शापातका छोरा एलीशा यहाँ छन्। एलीशा एलियाका सेवक थिए।”

12 यहोशापातले भने, “परमप्रभुको वाणी एलीशासँग छ।”यसकारण इस्राएलका राजा योराम, यहोशापात अनि एदोमका राजा एलीशालाई भेट्न गए।

13 एलीशाले इस्राएलका राजा (योरामलाई) भने, “तपाईं मबाट के चाहनुहुन्छ? आफ्ना माता-पिताका अगमवक्ताहरूकहाँ जानुहोस्!”इस्राएलका राजाले एलीशालाई भने, “होइन, हामी तपाईसँग भेट्न आएका छौं किनभने परमप्रभुले हामी तीन जना राजाहरूलाई सँगै भेला हुन बोलाउनु भएको छ ताकि मोआबीहरूले हामीलाई परास्त गर्न नसकोस्।”

14 एलीशाले भने, “यहूदाका राजा यहोशापातको म सम्मान गर्छु अनि म सर्वशक्तिमान परमप्रभुको सेवा गर्दछु। उनी जिउँदै छन् भनेर नै म यहोशापातसँग मात्र भेट्न यहाँ आएँ। म तिम्रो अघि साँचो कुरा भन्छु, यदि यहोशापात यहाँ नभए, म तिमी प्रति ध्यान दिने थिईंन। म सम्पूर्ण रूपमा तिम्रो अवहेलना गर्ने थिएँ।

15 तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।”जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो।

16 तब एलिशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन।

17 परमप्रभु भन्नुहुन्छः तिमीले हावा देख्ने छैनौं, तिमीले पानी परेको देख्ने छैनौं। तर त्यो बेंसी पानीले भरिने छ। तब तिमी र तिम्रा गाईहरू र अरू पशुहरूले पिउने पानी पाउने छन्।

18 परमप्रभुका लागि यो गर्न सजिलो छ। उहाँले तिमीहरूलाई मोआबीलीहरूलाई जिताउनुहुनेछ।

19 तिमीहरूले प्रत्येक दरिलो शहर अनि प्रत्येक राम्रो शहरमाथि आक्रमण गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो रूख काट्ने छौ। तिमीहरूले सबै पानीको श्रोतहरू बन्द गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो खेतलाई ढुंङ्गाले नष्ट पार्ने छौ जुन तिमीले फ्याँक्ने छौ।”

20 बिहानै बिहानको बलि दिने समयमा एदोमतिरबाट पानी बग्नथाल्‌यो अनि बेंसी भरियो।

21 मोआबका मानिसहरूले सुने, राजाहरू तिनीहरूको विरोधमा लडाइँ गर्न आएका छन्। यसकारण मोआबमा मानिसहरूले ती सबै मानिसहरूलाई जो बूढो भए पनि कवच धारणगर्न सक्थे तिनीहरूलाई जम्मा गरे। तिनीहरूले तयार भएर लडाइँका लागि सीमानामा पर्खिने काम गरे।

22 मोआबका मानिसहरू त्यस बिहान सबेरै उठे। उदाउँदै गरेको घाम घाँटीको पानी माथि चम्किरहेको थियो, अनि यो मोआबका मानिसहरूको रगत जस्तो देखिन्थ्यो।

23 मोआबका मानिसहरूले भने, “रगत हेर! राजाहरूले अवश्य नै एक अर्कासँग लडाइँ गरे। तिनीहरूले एक अर्कालाई सर्वनाश पारे होलान्। हामी लाशहरूबाट बहुमूल्य वस्तुहरू लिन जाऔं।”

24 मोआबीली मानिसहरू इस्राएलीहरूको शिबिरमा आए। तर इस्राएलीहरू बाहिर निस्किए अनि मोआबी सेनामाथि आक्रमण गरे। इस्राएलीहरूले मोआबीहरूलाई लखेटे। इस्राएलीहरूले मोआबीसँग लडाइँ गर्न तिनीहरूलाई मोआबसम्म पछ्याए।

25 इस्राएलीहरूले शहरहरू असल पारे। तिनीहरूले मोआबमा प्रत्येक असल खेतमा ढुङ्गा फ्याँके। तिनीहरूले पानीका सबै मुहानहरू बन्दगरे। र तिनीहरूले सबै असल रूख काटेर ढालिदिए। कीरहेरशेत मात्र ढुङ्गाको पर्खालसंग छोडियो। तर घुँयेत्रो हान्ने मानिसहरूले कीरहेरशेतलाई घेरे र त्यसमाथि आक्रमण गरे।

26 मोआबका राजाले थाह पाए, युद्ध जित्न उनकालागि साह्रै नै मुश्किल छ। यसकारण उनले तरवारसमेत सात सय मानिसहरूलाई एदोमका राजाको हत्या गर्न अनि सेनालाई परास्त गर्न पठाए। तर तिनीहरूले एदोमका राजालाई परास्त गर्न सकेनन्।

27 तब मोआबका राजाले आफ्नो जेठो छोरालाई लगे। यो त्यही छोरा थियो जो उनीपछि राजा हुनेवाला थिए। शहरको चारैतिर भित्ताहरूमाथि मोआबका राजाले आफ्नो छोरालाई होमबलिको रूपमा बलि चढाउन तयार भए। ठूलो रीस इस्राएलमाथि पर्यो। यसकारण इस्राएलका मानिसहरू मोआबका राजालाई छोडेर आफ्नो देशतिर फर्किए।

1 Now Jehoram the son of Ahab began to reign over Israel in Samaria the eighteenth year of Jehoshaphat king of Judah, and reigned twelve years.

2 And he wrought evil in the sight of the Lord; but not like his father, and like his mother: for he put away the image of Baal that his father had made.

3 Nevertheless he cleaved unto the sins of Jeroboam the son of Nebat, which made Israel to sin; he departed not therefrom.

4 And Mesha king of Moab was a sheepmaster, and rendered unto the king of Israel an hundred thousand lambs, and an hundred thousand rams, with the wool.

5 But it came to pass, when Ahab was dead, that the king of Moab rebelled against the king of Israel.

6 And king Jehoram went out of Samaria the same time, and numbered all Israel.

7 And he went and sent to Jehoshaphat the king of Judah, saying, The king of Moab hath rebelled against me: wilt thou go with me against Moab to battle? And he said, I will go up: I am as thou art, my people as thy people, and my horses as thy horses.

8 And he said, Which way shall we go up? And he answered, The way through the wilderness of Edom.

9 So the king of Israel went, and the king of Judah, and the king of Edom: and they fetched a compass of seven days’ journey: and there was no water for the host, and for the cattle that followed them.

10 And the king of Israel said, Alas! that the Lord hath called these three kings together, to deliver them into the hand of Moab!

11 But Jehoshaphat said, Is there not here a prophet of the Lord, that we may inquire of the Lord by him? And one of the king of Israel’s servants answered and said, Here is Elisha the son of Shaphat, which poured water on the hands of Elijah.

12 And Jehoshaphat said, The word of the Lord is with him. So the king of Israel and Jehoshaphat and the king of Edom went down to him.

13 And Elisha said unto the king of Israel, What have I to do with thee? get thee to the prophets of thy father, and to the prophets of thy mother. And the king of Israel said unto him, Nay: for the Lord hath called these three kings together, to deliver them into the hand of Moab.

14 And Elisha said, As the Lord of hosts liveth, before whom I stand, surely, were it not that I regard the presence of Jehoshaphat the king of Judah, I would not look toward thee, nor see thee.

15 But now bring me a minstrel. And it came to pass, when the minstrel played, that the hand of the Lord came upon him.

16 And he said, Thus saith the Lord, Make this valley full of ditches.

17 For thus saith the Lord, Ye shall not see wind, neither shall ye see rain; yet that valley shall be filled with water, that ye may drink, both ye, and your cattle, and your beasts.

18 And this is but a light thing in the sight of the Lord: he will deliver the Moabites also into your hand.

19 And ye shall smite every fenced city, and every choice city, and shall fell every good tree, and stop all wells of water, and mar every good piece of land with stones.

20 And it came to pass in the morning, when the meat offering was offered, that, behold, there came water by the way of Edom, and the country was filled with water.

21 And when all the Moabites heard that the kings were come up to fight against them, they gathered all that were able to put on armour, and upward, and stood in the border.

22 And they rose up early in the morning, and the sun shone upon the water, and the Moabites saw the water on the other side as red as blood:

23 And they said, This is blood: the kings are surely slain, and they have smitten one another: now therefore, Moab, to the spoil.

24 And when they came to the camp of Israel, the Israelites rose up and smote the Moabites, so that they fled before them: but they went forward smiting the Moabites, even in their country.

25 And they beat down the cities, and on every good piece of land cast every man his stone, and filled it; and they stopped all the wells of water, and felled all the good trees: only in Kir-haraseth left they the stones thereof; howbeit the slingers went about it, and smote it.

26 And when the king of Moab saw that the battle was too sore for him, he took with him seven hundred men that drew swords, to break through even unto the king of Edom: but they could not.

27 Then he took his eldest son that should have reigned in his stead, and offered him for a burnt offering upon the wall. And there was great indignation against Israel: and they departed from him, and returned to their own land.

Isaiah 49 in Tamil and English

1 टाढामा रहेका मेरा मानिसहरू! मेरा कुरा ध्यान दिएर सुन्। पृथ्वीमा बाँचिरहेका सम्पूर्ण मानिसहरू ध्यान दिएर सुन्। परमप्रभुले उहाँको सेवा गर्न मलाई आह्वान गर्नुभयो। म जन्मनु भन्दा अघि नै परमप्रभुले मेरो नाउँ काढनु भयो जब म आमाको गर्भमा नै थिएँ।
Listen, O isles, unto me; and hearken, ye people, from far; The Lord hath called me from the womb; from the bowels of my mother hath he made mention of my name.

2 परमप्रभुले मलाई उहाँका निम्ति बोल्न प्रयोग गर्नुहुन्छ। उहाँ मलाई धारिलो तरवार जस्तै प्रयोग गर्नुहुन्छ, तर उहाँले मलाई रक्षा पनि गर्नुहुन्छ। उहाँले मलाई आफ्नो हत्केलामा लुकाउनु हुन्छ। परमप्रभुले मलाई तिखो काँड झैं उपयोग गर्नुहुन्छ, तर उहाँले मलाई काँडको ढोक्रोमा लुकाउनु हुन्छ।
And he hath made my mouth like a sharp sword; in the shadow of his hand hath he hid me, and made me a polished shaft; in his quiver hath he hid me;

3 परमप्रभुले मलाई भन्नुभयो, “इस्राएल, तिमी मेरो दास हौ। म तिमीसँग अचम्म लाग्दो कामहरू गर्नेछु।”
And said unto me, Thou art my servant, O Israel, in whom I will be glorified.

4 मैले भने, “मैले व्यर्थै परिश्रम गरें, मैले आफूलाई थोत्रो पारें, तर उपयोगी काम भने भएन्। मैले मेरा सारा शक्तिहरू प्रयोग गरें तर वास्तवमा मैले केही पनि पाइँन। यसैले, परमप्रभुले मसँग केही गर्नलाई निर्णय दिनु पर्छ। परमेश्वरले मेरो कामको प्रतिफल दिनै पर्छ।
Then I said, I have laboured in vain, I have spent my strength for nought, and in vain: yet surely my judgment is with the Lord, and my work with my God.

5 परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो ताकि याकूब र इस्राएललाई उहाँ समक्ष फर्काउनका लागि उहाँको सेवक हुन सकुँ। परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ। म परमेश्वरबाट आफ्नो बल पाउनेछु” परमप्रभुले मलाई भन्नुभयो।
And now, saith the Lord that formed me from the womb to be his servant, to bring Jacob again to him, Though Israel be not gathered, yet shall I be glorious in the eyes of the Lord, and my God shall be my strength.

6 “तिमी मेरो एक मुख्य दास हौ। इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु। याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्। तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ। सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु। तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”
And he said, It is a light thing that thou shouldest be my servant to raise up the tribes of Jacob, and to restore the preserved of Israel: I will also give thee for a light to the Gentiles, that thou mayest be my salvation unto the end of the earth.

7 परमप्रभु, इस्राएलका परमपवित्र र इस्राएलका उद्धारक भन्नुहुन्छ, “मेरो दास नम्र छ उसले शासकहरूको सेवा गर्दछ, तर मानिसहरूले उसलाई हेला गर्दछन्। तर, राजाहरूले उसलाई हेर्ने छन्, अनि उसलाई आदर गर्न उभिनेछन्। महान अगुवाहरूले उअघि शिर झुकाउनेछन्।” यो घटना हुने नै छ किनभने परमप्रभु, इस्राएलका परमपवित्रले, यो चाहनुहुन्छ। अनि परमप्रभुलाई विश्वास गर्न सकिन्छ। उहाँले नै तिमीलाई चुन्नु भएको हो।
Thus saith the Lord, the Redeemer of Israel, and his Holy One, to him whom man despiseth, to him whom the nation abhorreth, to a servant of rulers, Kings shall see and arise, princes also shall worship, because of the Lord that is faithful, and the Holy One of Israel, and he shall choose thee.

8 परमप्रभु भन्नुहुन्छ, “त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु। त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु। त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु, त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ। देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ ती मानिसहरूलाई जो त्यसको मालिक थियो।
Thus saith the Lord, In an acceptable time have I heard thee, and in a day of salvation have I helped thee: and I will preserve thee, and give thee for a covenant of the people, to establish the earth, to cause to inherit the desolate heritages;

9 तिमीहरूले कैदीहरूलाई भन्ने छौ, ‘कैदबाट तिमीहरू बाहिर आऊ। अन्धकारमा बस्ने मानिसहरूलाई तिमीहरूले भन्नेछौ, ‘अन्धकारबाट निस्क।’ यात्रा गरिरहेका बेलामा मानिसहरूले खानेछन्। रित्तो पहाडहरूमा तिनीहरूले खानेकुरा पाउनेछन्।
That thou mayest say to the prisoners, Go forth; to them that are in darkness, Shew yourselves. They shall feed in the ways, and their pastures shall be in all high places.

10 मानिसहरू भोको हुने छैनन्। तिनीहरू तिर्खाउने छैनन्। तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ। उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।
They shall not hunger nor thirst; neither shall the heat nor sun smite them: for he that hath mercy on them shall lead them, even by the springs of water shall he guide them.

11 मेरा मानिसहरूका लागि म बाटो बनाइदिनेछु। पर्वतहरू समतल बनाई दिनेछु, अनि भत्किएको बाटोहरूमाथि उठ्नेछन्।
And I will make all my mountains a way, and my highways shall be exalted.

12 हेर, मानिसहरू टाढा-टाढाबाट मकहाँ आइरहेछन् उत्तर अनि र पश्चिमबाट आइरहेछन्। मानिसहरू मकहाँ मिश्रदेश अन्तर्गत आस्वानबाट आइरहेछन्।”
Behold, these shall come from far: and, lo, these from the north and from the west; and these from the land of Sinim.

13 हे स्वर्ग र पृथ्वी, आनन्दित होऊ। हे पर्वतहरू आनन्दले चिच्याऊ। किन? किनभने परमप्रभुले आफ्नो मानिसहरूलाई सान्त्वना दिनुहुन्छ। परमप्रभु आफ्ना गरीब मानिसहरू प्रति असल हुनुहुन्छ।
Sing, O heavens; and be joyful, O earth; and break forth into singing, O mountains: for the Lord hath comforted his people, and will have mercy upon his afflicted.

14 तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्नु भयो, मेरो मालिकले मलाई भुल्नु भयो।”
But Zion said, The Lord hath forsaken me, and my Lord hath forgotten me.

15 तर म भन्छु, “के एउटी स्त्रीले आफ्नो नानी बिर्सिन सक्छे? अहँ! के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नो नानीलाई बिर्सिन सक्छे? यदि उसले बिर्सन सक्छे भने पनि म तिमीलाई बिर्सिने छैन।
Can a woman forget her sucking child, that she should not have compassion on the son of her womb? yea, they may forget, yet will I not forget thee.

16 हेर, मैले तेरो नाउँ मेरो हत्केलामा खोपेको छु। म सारा समय तेरो बारेमा सोच्दछु।
Behold, I have graven thee upon the palms of my hands; thy walls are continually before me.

17 तिमीहरूका नानीहरू तिमीहरूकहाँ फर्केर आउनेछन्। मानिसहरूले तिमीहरूलाई पराजित गरे तर ती मानिसहरूले तिमीहरूलाई एक्लै छोडेर गए।”
Thy children shall make haste; thy destroyers and they that made thee waste shall go forth of thee.

18 माथि हेर, तिम्रा चारैतिर हेर तिमीहरूका सारा नानीहरू एकसाथ तिमीहरूकहाँ आइरहेछ। परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु म तिमीहरूसँग यो प्रण गर्दछु तिमीहरूका नानीहरू तिमीहरू कै घाँटी वरिपरि बाँधिएको गहना जस्तो हुनेछन्। तिम्रा नानीहरू दुलहीले लगाउने घाँटीको हार जस्तो हुनेछन्।
Lift up thine eyes round about, and behold: all these gather themselves together, and come to thee. As I live, saith the Lord, thou shalt surely clothe thee with them all, as with an ornament, and bind them on thee, as a bride doeth.

19 तिमीहरू अहिले पराजित र नष्ट भएकाछौ। तिमीहरूका ठाउँहरू काम नलाग्ने भएकाछन्। तर केही छिनमा नै, तिमीहरू आफ्ना ठाउँमा धेरै मानिसहरू हुनेछन् अनि मानिसहरू जसले तिमीहरूलाई नाश गरे तिनीहरू एकदम टाढा हुनेछन्।
For thy waste and thy desolate places, and the land of thy destruction, shall even now be too narrow by reason of the inhabitants, and they that swallowed thee up shall be far away.

20 तिमीहरू आफ्ना नानीहरू हराउँदा दुखी भएका थियौ तर ती नानीहरूले तिमीहरूलाई भन्नेछन् यो भूमि एकदम सानो छ। हामीलाई बस्न एउटा ठूलो ठाउँ दिनुहोस्।
The children which thou shalt have, after thou hast lost the other, shall say again in thine ears, The place is too strait for me: give place to me that I may dwell.

21 तब तिमीहरू स्वयंले भन्नेछौ, “कसले मलाई यी सारा नानीहरू दिए? यो राम्रो हो। म दुखी र एक्लै थिएँ। म पराजित भएको थिएँ र आफ्ना मानिसहरूबाट टाढा भएको थिएँ। यसकारण कसले मलाई यी नानीहरू दिए? हेर, म एक्लै छाडिएको थिएँ। यी सारा नानीहरू कहाँबाट आए?”
Then shalt thou say in thine heart, Who hath begotten me these, seeing I have lost my children, and am desolate, a captive, and removing to and fro? and who hath brought up these? Behold, I was left alone; these, where had they been?

22 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “हेर म आफ्ना हात जातिहरू प्रति हल्लाउने छु। म मेरो झण्डा सारा मानिसहरूले देख्ने गरी उठाउनेछु। त्यसपछी तिनीहरूका नानीहरू तिमीहरूकहाँ ल्याउनेछन्। ती मानिसहरूले तिमीहरूका नानीहरू काँधमा बोकेर ल्याउने छन्, अनि तिनीहरूका पाखुराहरूमा उनीहरूले समात्नेछन्।
Thus saith the Lord God, Behold, I will lift up mine hand to the Gentiles, and set up my standard to the people: and they shall bring thy sons in their arms, and thy daughters shall be carried upon their shoulders.

23 राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्। राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्। तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्। त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ। तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ उ निराश हुनेछैन्।”
And kings shall be thy nursing fathers, and their queens thy nursing mothers: they shall bow down to thee with their face toward the earth, and lick up the dust of thy feet; and thou shalt know that I am the Lord: for they shall not be ashamed that wait for me.

24 जब बलवान सिपाहीले युद्धमा धन जित्दछ, तिमीहरूले उबाट त्यो धन लिन सक्तैनौ। जब शक्तिपूर्ण सिपाहीले कैदीलाई पहरा दिनछन् त्यो कैदी भाग्न सक्तैन्।
Shall the prey be taken from the mighty, or the lawful captive delivered?

25 तर परमप्रभु, भन्नुहुन्छ, “कैदीहरू भाग्नेछन्। टाढाका ती बलबान सिपाहीबाट कतिजनाले ती कैदीहरू लैजाने छन्। यो कसरी हुनेछ? तिम्रो युद्ध म लड्नेछु। म तिम्रो नानीहरूको रक्षा गर्नेछु।
But thus saith the Lord, Even the captives of the mighty shall be taken away, and the prey of the terrible shall be delivered: for I will contend with him that contendeth with thee, and I will save thy children.

26 “ती मानिसहरूले तिमीहरूलाई चोट पुर्याउछन् तर म तिनीहरूलाई आफ्नै शरीरको मासु खान वाध्य गराउनेछु। तिनीहरूका आफ्नै रगत दाखरस जस्तो हुन्छ जो उनीहरूले पिउने छन्। तब प्रत्येक मानिसले जान्नेछन्। कि म परमप्रभुले तिमीहरूलाई बचाउनुभयो। सारा मानिसहरूले जान्नेछन् कि याकूबको शक्तिशाली परमप्रभुले तिमीहरूलाई बचाउनु भयो।”
And I will feed them that oppress thee with their own flesh; and they shall be drunken with their own blood, as with sweet wine: and all flesh shall know that I the Lord am thy Saviour and thy Redeemer, the mighty One of Jacob.