2 Kings 15

1 यहूदाका राजा अमस्याहका छोरा अजर्याह इस्राएलका राजा यारोबामको शासन कालको सत्ताईसौं वर्षमा राजा भए।

2 अजर्याह 16वर्षका थिए जब उनले शासन गर्न शुरू गरे। उनले यरूशलेममा 52 वर्ष शासन गरे। अजर्याहकी आमाको नाउँ यकोल्याह थियो, उनी यरूशलेमकी थिइन,

3 अजर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले उचित भन्नुभएको थियो, जस्तो उनका पिता अमस्याहले गरेका थिए। अजर्याहले उनका पिता अमस्याहले गरेको कार्यहरूनै अनुसरण गरे।

4 तर उनले अग्ला ठाउँहरू ध्वंस पारेनन्। मानिसहरू अझै ती पूजास्थलहरूमा बलिदानहरू धूपबलिहरू जलाउने गर्दथे।

5 परमप्रभुले राजा अजर्याहलाई कोर लागेको रोगी बनाउनुभयो। उनी बाचुन्जेलसम्म कोरी भए। अजर्याह बेग्लै घरमा बस्ने गर्दथे। राजाका छोरा योताम राजाको महलको हेरचाह गर्दथे अनि मानिसहरू न्याय विचार गर्दथे।

6 सबै कुराहरू जो अजर्याहले गरेका थिए, ‘यहूदाका राजाहरूका इतिहासमा’ लेखिएको छ।

7 अजर्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडियो। अजर्याहका छोरा योताम उनीपछि, नयाँ राजा भए।

8 यारोबामका छोरा जकर्याहले इस्राएलको सामरियामा छ महीना शासन गरे। यो समय यहूदाका राजा अजर्याहको शासनकालको अड्तीसौं वर्ष थियो।

9 जकर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले ती कामहरू गरे जो पुर्खाहरूले गरेका थिए। उनले नाबातका छोरा यारोबामले गरेको पापको काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।

10 याबेशका छोरा शल्लूमले जकर्याहको विरोधमा षड्‌यन्त्र गरे। शल्लूमले इबलियममा जकर्याहलाई मारे। शल्लूस उनीपछि नयाँ राजा भए।

11 सबै अरू कामहरू जति जर्याहले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।

12 यस प्रकार परमप्रभुको बचन साँच्चो भयो। परमप्रभुले येहूलाई भन्नुभएको थियो, उसको सन्तानका चार पुस्ताहरू इस्राएलका राजाहरू हुनेछन्।

13 याबेशका छोरा शल्लूम यहूदाका राजा उज्जियाहको शासनकालको 39 औं वर्षमा इस्राएलका राजा भए। शल्लूमले सामरियामा एक महीना राज्य गरे।

14 गादीका छोरा मनहेम तिर्साबाट सामरियामा आए। मनहेमले याबेशका छोरा शल्लूमलाई मारे। तब उनीपछि, मनहेम नयाँ राजा भए।

15 शल्लूमले गरेका सबैकामहरू, जकर्याहलाई मार्ने उसको षड्‌यन्त्र समेत, ‘इस्राएलका राजाहरूको इतिहास भन्ने’ पुस्तकमा लेखिएको छ।

16 शल्लूमको मृत्युपछि मनहेमले तिप्पूह र यसको वरिपरिको क्षेत्रलाई परास्त गरे। मानिसहरूले उनका लागि शहरकाद्वार खोल्न मानेनन् यसकारण मनहेमले तिनीहरूलाई परास्त गरे अनि शहरका सबै गर्भवती आइमाईहरूको गर्भ तुवाईदिए।

17 गादीका छोरा मनहेम यहूदाका राजा अजर्याहको शासन कालको 39 औं वर्षमा इस्राएलका राजा भए। सामरियामा मनहेमले दश वर्ष शासन गरे।

18 मनहेमले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। मनहेमले नबातका छोरा यारोबामले गरे जस्तो पाप कामबन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।

19 अश्शूरका राजा पूल इस्राएलको विरूद्धमा युद्ध गर्न आए। मनहेमले पूललाई 1,000 तोडा चाँदी दिए, उनले यस्तो गरे जसले गर्दा उसको राज्य बलियो बनाउन पूलबाट सहायता पाउन्।

20 मनहेमले सबै धनी र शक्तिशाली मानिसहरूलाई कर दिन लगाएर धन संग्रह गरे। मनहेमले प्रत्येक मानिसबाट पचास शेकेल चाँदी कर लिए। त्यसपछि मनहेमले अश्शूरका राजालाई धन दिए। यस प्रकार अश्शूर त्यहाँबाट गए अनि इस्राएलमा बसेनन्।

21 सबै कुराहरू जो मनहेमले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।

22 मनहेम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनहेमका छोरा पकहिया उनीपछि नयाँ राजा भए।

23 मनहेमका छोरा पकहीयाह यहूदाका राजा अजर्याहको शासनकालको 50 औं वर्षमा सामरियामा इस्राएलका राजा भए। पकहीयाहले दुई वर्ष शासन गरे।

24 पकहीयाले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पकहीयाले नबातमा छोरा यारोबामले गरे जस्तो पाप काम बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।

25 पेकहीया रमल्याहका छोरा, पेकहीयाको सैनिक सेनापति थिए। पेकहले पचास जना गिलादी मानिसहरू उनीसँग लगे र पकहीयालाई अर्गम र एरिहसँगै सामरियामा राजमहल भित्र मारे। तब पेकह नयाँ राजा भए।

26 सबै कामहरू जे जति पकहीयाले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

27 रमल्याहका छोरा पेकहले यहूदाका अजर्याहको शासन काल 52 औं वर्षमा सामरियामा इस्राएलमाथि शासन गरे। पेकहले 20 वर्ष शासन गरे।

28 पेकहले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पेकहले नबातका छोरा यारोबामले गरेको पापकाम बन्द गरेनन् जसले इस्राएलमा पाप बढ्यो।

29 अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।

30 एलाका छोरा होशेले रमल्याहका छोरा पेकहको विरोधमा योजनाहरू बनाए। होशेले पेकहलाई मारे। त्यसपछि होशे नयाँ राजा भए। यस्तो यहूदाका राजा उजियाहका छोरा योतामको शासनकालको 20 औं वर्षमा भयो।

31 सबै कुराहरू जे जति पेकहले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।

32 उजियाहका छोरा योताम यहूदाका राजा भए। रमल्याहका छोरा पेकह इस्राएलका राजा हुँदा दोस्रो वर्षमा यस्तो भयो।

33 योताम 25 वर्षका थिए जब तिनी राजा भए। योतामले यरूशलेममा 16 वर्ष शासन गरे। योतामकी आमाको नाउँ यरूशा थियो, तिनी सादोककी छोरी थिइन।

34 योतामले आफ्ना पिता उज्जियाह जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो।

35 तर उनले अग्ला ठाउँहरूमा भएका बालका मूर्ति भत्काएनन्। मानिसहरू अझै ती अग्ला पूजास्थलहरूमा बलिदानद्वारा दिने गर्द थिए अनि धूपबलिहरू जलाउँने गर्दथे। योतामले परमप्रभुको मन्दिरको माथिल्लो ढोका बनाए।

36 सबै कुराहरू जे जति योतामले गरे ‘यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

37 त्यस समयमा परमप्रभुले रमल्याहका छोरा पेकह र अरामका राजा रसीनलाई यहूदाको विरोधमा युद्ध गर्न पठाउनुभयो।

38 योताम मरे अनि उनका पुर्खाहरूसँगै गाडिए। योतामलाई आफ्ना पुर्खा दाऊदशहरमा गाडियो। योतामका छोरा आहाज उनीपछि नयाँ राजा भए।

1 In the twenty and seventh year of Jeroboam king of Israel began Azariah son of Amaziah king of Judah to reign.

2 Sixteen years old was he when he began to reign, and he reigned two and fifty years in Jerusalem. And his mother’s name was Jecholiah of Jerusalem.

3 And he did that which was right in the sight of the Lord, according to all that his father Amaziah had done;

4 Save that the high places were not removed: the people sacrificed and burnt incense still on the high places.

5 And the Lord smote the king, so that he was a leper unto the day of his death, and dwelt in a several house. And Jotham the king’s son was over the house, judging the people of the land.

6 And the rest of the acts of Azariah, and all that he did, are they not written in the book of the chronicles of the kings of Judah?

7 So Azariah slept with his fathers; and they buried him with his fathers in the city of David: and Jotham his son reigned in his stead.

8 In the thirty and eighth year of Azariah king of Judah did Zachariah the son of Jeroboam reign over Israel in Samaria six months.

9 And he did that which was evil in the sight of the Lord, as his fathers had done: he departed not from the sins of Jeroboam the son of Nebat, who made Israel to sin.

10 And Shallum the son of Jabesh conspired against him, and smote him before the people, and slew him, and reigned in his stead.

11 And the rest of the acts of Zachariah, behold, they are written in the book of the chronicles of the kings of Israel.

12 This was the word of the Lord which he spake unto Jehu, saying, Thy sons shall sit on the throne of Israel unto the fourth generation. And so it came to pass.

13 Shallum the son of Jabesh began to reign in the nine and thirtieth year of Uzziah king of Judah; and he reigned a full month in Samaria.

14 For Menahem the son of Gadi went up from Tirzah, and came to Samaria, and smote Shallum the son of Jabesh in Samaria, and slew him, and reigned in his stead.

15 And the rest of the acts of Shallum, and his conspiracy which he made, behold, they are written in the book of the chronicles of the kings of Israel.

16 Then Menahem smote Tiphsah, and all that were therein, and the coasts thereof from Tirzah: because they opened not to him, therefore he smote it; and all the women therein that were with child he ripped up.

17 In the nine and thirtieth year of Azariah king of Judah began Menahem the son of Gadi to reign over Israel, and reigned ten years in Samaria.

18 And he did that which was evil in the sight of the Lord: he departed not all his days from the sins of Jeroboam the son of Nebat, who made Israel to sin.

19 And Pul the king of Assyria came against the land: and Menahem gave Pul a thousand talents of silver, that his hand might be with him to confirm the kingdom in his hand.

20 And Menahem exacted the money of Israel, even of all the mighty men of wealth, of each man fifty shekels of silver, to give to the king of Assyria. So the king of Assyria turned back, and stayed not there in the land.

21 And the rest of the acts of Menahem, and all that he did, are they not written in the book of the chronicles of the kings of Israel?

22 And Menahem slept with his fathers; and Pekahiah his son reigned in his stead.

23 In the fiftieth year of Azariah king of Judah Pekahiah the son of Menahem began to reign over Israel in Samaria, and reigned two years.

24 And he did that which was evil in the sight of the Lord: he departed not from the sins of Jeroboam the son of Nebat, who made Israel to sin.

25 But Pekah the son of Remaliah, a captain of his, conspired against him, and smote him in Samaria, in the palace of the king’s house, with Argob and Arieh, and with him fifty men of the Gileadites: and he killed him, and reigned in his room.

26 And the rest of the acts of Pekahiah, and all that he did, behold, they are written in the book of the chronicles of the kings of Israel.

27 In the two and fiftieth year of Azariah king of Judah Pekah the son of Remaliah began to reign over Israel in Samaria, and reigned twenty years.

28 And he did that which was evil in the sight of the Lord: he departed not from the sins of Jeroboam the son of Nebat, who made Israel to sin.

29 In the days of Pekah king of Israel came Tiglath-pileser king of Assyria, and took Ijon, and Abel-beth-maachah, and Janoah, and Kedesh, and Hazor, and Gilead, and Galilee, all the land of Naphtali, and carried them captive to Assyria.

30 And Hoshea the son of Elah made a conspiracy against Pekah the son of Remaliah, and smote him, and slew him, and reigned in his stead, in the twentieth year of Jotham the son of Uzziah.

31 And the rest of the acts of Pekah, and all that he did, behold, they are written in the book of the chronicles of the kings of Israel.

32 In the second year of Pekah the son of Remaliah king of Israel began Jotham the son of Uzziah king of Judah to reign.

33 Five and twenty years old was he when he began to reign, and he reigned sixteen years in Jerusalem. And his mother’s name was Jerusha, the daughter of Zadok.

34 And he did that which was right in the sight of the Lord: he did according to all that his father Uzziah had done.

35 Howbeit the high places were not removed: the people sacrificed and burned incense still in the high places. He built the higher gate of the house of the Lord.

36 Now the rest of the acts of Jotham, and all that he did, are they not written in the book of the chronicles of the kings of Judah?

37 In those days the Lord began to send against Judah Rezin the king of Syria, and Pekah the son of Remaliah.

38 And Jotham slept with his fathers, and was buried with his fathers in the city of David his father: and Ahaz his son reigned in his stead.

Genesis 15 in Tamil and English

1 यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”
After these things the word of the Lord came unto Abram in a vision, saying, Fear not, Abram: I am thy shield, and thy exceeding great reward.

2 अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किन? किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउँनेछ।”
And Abram said, Lord God, what wilt thou give me, seeing I go childless, and the steward of my house is this Eliezer of Damascus?

3 अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।”
And Abram said, Behold, to me thou hast given no seed: and, lo, one born in my house is mine heir.

4 त्यसपछि परमप्रभुले अब्रामसित कुरा गर्नु भयो। परमेश्वरले भन्नुभयो, “तिमीसँग भएको सम्पत्ति त्यो कमारोले पाउँदैन। तिम्रो आफ्नै छोरो जन्मनेछ। अनि तिम्रो सम्पत्तिको उत्तराधिकारी उही तिम्रो छोरो हुनेछ।”
And, behold, the word of the Lord came unto him, saying, This shall not be thine heir; but he that shall come forth out of thine own bowels shall be thine heir.

5 त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।”
And he brought him forth abroad, and said, Look now toward heaven, and tell the stars, if thou be able to number them: and he said unto him, So shall thy seed be.

6 अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे।
And he believed in the Lord; and he counted it to him for righteousness.

7 परमेश्वरले अब्रामलाई भन्नुभयो, “म उही परमप्रभु हुँ जसले तिमीलाई कल्दीहरूको ऊरबाट ल्यायो। मैले यसो गर्नुको तात्पर्य तिमीलाई यो भूमि दिनु हो, यो भूमि तिमीले ग्रहण गर्नेछौ।”
And he said unto him, I am the Lord that brought thee out of Ur of the Chaldees, to give thee this land to inherit it.

8 तर अब्रामले भने, “हे परमप्रभु मेरा मालिक, यो भूमि मैले नै पाउनेछु भनी म कसरी थाहा पाउन सक्छु?”
And he said, Lord God, whereby shall I know that I shall inherit it?

9 परमेश्वरले अब्रामलाई भन्नुभयो, “हामी एउटा करार गर्नेछौं। एउटा तीन वर्षको कोरली, त्यसरी नै तीन वर्ष पुगेको बाख्रा अनि तीन वर्ष पुगेको एउटा भेडा ल्याऊ। अनि एउटा ढुक्कुर र एउटा परेवाको बच्चा पनि ल्याऊ।”
And he said unto him, Take me an heifer of three years old, and a she goat of three years old, and a ram of three years old, and a turtledove, and a young pigeon.

10 परमेश्वरको निम्ति अब्रामले यी सबै कुराहरू ल्याएर यी सबै कुराको बलि चढाई ती सबलाई दुई-दुई टुक्रा पारे। तब अब्रामले प्रत्येक आधा भागलाई अर्को आधा भाग माथि र्तेस्याए। तर तिनले पंक्षीहरूलाई टुक्रा पारेनन्।
And he took unto him all these, and divided them in the midst, and laid each piece one against another: but the birds divided he not.

11 पछि, ती पशुको मासु खान ठूला-ठूला पंक्षीहरू उडेर आए तर अब्रामले तिनीहरूलाई धपाए।
And when the fowls came down upon the carcases, Abram drove them away.

12 पछि सूर्य अस्ताउन लाग्दा अब्रामलाई साह्रै निन्द्रा लाग्यो। चुक झैं कालो अन्धकारले उसलाई चारै तिरबाट घेर्यो।
And when the sun was going down, a deep sleep fell upon Abram; and, lo, an horror of great darkness fell upon him.

13 तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “तैंले यो निश्चय जान्नु पर्छ, तिम्रा सन्तानहरू विदेशी हुनेछन्, तिनीहरू त्यस धर्तीमा जानेछन् जो तिनीहरूको होइन, तिनीहरू त्यहाँ कमारा-कमारीको रूपमा चार सय वर्षसम्म सेवा गर्नेछन् अनि तिनीहरूसित धेरै खराब व्यवहार गरिनेछ। चार सय वर्षसम्म तिनीहरूले धेरै दुर्व्यवहार र अन्याय सहनु पर्नेछ।
And he said unto Abram, Know of a surety that thy seed shall be a stranger in a land that is not theirs, and shall serve them; and they shall afflict them four hundred years;

14 म त्यो जाति जसले तिम्रा सन्तानहरूलाई कमारा-कमारी बनाए तिनीहरूको न्याय गर्नेछु अनि जब तिमीपछि आउँने तिम्रा सन्तानहरूले त्यो देश छोडनेछन्, तिनीहरूले आफूसित धेरै राम्रा चीजहरू ल्याउँछन्।
And also that nation, whom they shall serve, will I judge: and afterward shall they come out with great substance.

15 “तर जहाँसम्म तेरो कुरा छ, तँ मनग्गे बाँच्नेछस्। तँ शान्तिपूर्वक मर्नेछस् अनि तँ त्यहीं गाडिनेछस् जहाँ तेरा पिता-पुर्खाहरूलाई गाडिएको थियो।
And thou shalt go to thy fathers in peace; thou shalt be buried in a good old age.

16 चार पुस्तापछि तिम्रा सन्तानहरू यही देशमा फर्केर आउनेछन् र तिनीहरूले एमोरीहरूलाई हराउँनेछन्। यहाँ बस्ने एमोरीहरूलाई सजाय भोग्न लगाउन म ती तिम्रा सन्तानहरूलाई प्रयोगमा ल्याउनेछु। यी सब कुराहरूपछि हुन्छ कारण ती एमोरीहरू अहिले सजाय पाउनुको निम्ति त्यति नराम्रो भई सकेका छैनन्।”
But in the fourth generation they shall come hither again: for the iniquity of the Amorites is not yet full.

17 जब सूर्य अस्तायो, अत्यन्तै अंन्धकार छायो। बलि चढाई मारिएका पशुहरू दुइ-दुइ टुक्रामा अहिलेसम्म जमीनमा लडिरहेको थिए। त्यही समयमा धुँवाको मुस्लो जसमा बल्दै गरेको ज्वाला थियो ती मारेर टुक्रा पारिएको पशुहरू बीचबाट गए।
And it came to pass, that, when the sun went down, and it was dark, behold a smoking furnace, and a burning lamp that passed between those pieces.

18 यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घरती दिनेछु।
In the same day the Lord made a covenant with Abram, saying, Unto thy seed have I given this land, from the river of Egypt unto the great river, the river Euphrates:

19 तिनीहरूलाई म मिश्रको नदीदेखि यूफ्रेटिस महानदीसम्म केनी कदमोनी, कनज्जी,
The Kenites, and the Kenizzites, and the Kadmonites,

20 हित्ती, परिज्जी, रपाई,
And the Hittites, and the Perizzites, and the Rephaims,

21 एमोरी कनानी, गिर्गाशी तथा यबूसी दिनेछु। यो सम्पूर्ण भूमि मिश्रको नदी अनि यूफ्रेटिस नदीको माझमा पर्छ।”
And the Amorites, and the Canaanites, and the Girgashites, and the Jebusites.